logo

पर्सागढीको हरपुर क्वारेन्टिन, पालमुनी बस्न बाध्य छन नागरिक

      6/12/2020 गते 00 00 मा प्रकाशित     1614   पटक पढिएको

पर्सागढी नगरपालिकाको वडा नं ८ मा रहेको क्वारेन्टिनमा क्षमता भन्दा बढी ब्यक्तिको ब्यवस्थापन गर्नु पर्दा समस्या भएको छ । २२ जना ब्यक्ति बस्न सक्ने क्वारेन्टिनको ब्यवस्थापन गरिएकोमा अहिले ४८ जनाले आश्रय लिदै आइरहेका छन । 


कोठा अभावमा पालमुनी ब्यक्तिहरुलाई राखिएको छ । नगरपालिकाले क्वारेन्टिनको ब्यवस्थापनमा कुनै  पनि ध्यान नदिएको स्थानीयको आरोप छ । तीन दिन अगाडि मात्रै केरलाबाट आउनु भएका  १५ जना सहित ४८ जनालाई हरपुरको नेपाल राष्ट्रीय प्राविको क्वारेन्टिनमा राखिएको छ । एउटा शौचालय छ । शौचालयको ब्यवस्था छैन खानेपानीको समस्या उस्तै रहेको स्थानीय युवा रामु शर्माले बताउनु भयो  । 


क्वारेन्टिनको ब्यवस्थापनको जिम्मा स्थानीय सरकारको हो । क्वारेन्टिनमा रहेका नागरिकलाई प्रहरीको एउटा जवानले पाउने राशन अनुृसारको खाद्य ब्यवस्था गर्नु पर्नेमा क्वारेन्टिनमा करेलाको तरकारी र भात खानु पर्ने अवस्था रहेको क्वारेन्टिनमा रहेका एक जनाले बताए । 


पर्सागढी नगरपालिकामा क्वारेन्टिनको ब्यवस्थापन सुधार गर्न सुझाव दिन गएका युवाहरु त्यतीबेला निराश भए जतिवेला नगरपालिकामा कार्यालय सहायक बाहेक अन्य कर्मचारी तथा जनप्रतिनिध कार्यालयमा थिएनन।

 

क्वारेन्टिनमा नागरिक छन  नगरसभाको तयारी गर्नु पर्ने बेला बिकास निर्माणका काम के हुने भन्ने बेलामा कार्यालयमा कर्मचारी र जनप्रतिनिधि नरहेको शर्माले बताउनु भयो । ४२ डिग्रीको गर्मीमा पालमुनी बस्न बाध्य नागरिक त्यसैपनि बिरामी हुने अवस्था छ । त्यसमाथि क्वारेन्टिनमा रहेका दुईजनाको स्वासथ्य अवस्था समेत बिग्रिएको शर्माले बताउनु भयो । 


क्वारेन्टिन मापदण्ड अनुसारको त भएन भएन सन्तोष गर्ने लायकको समेत नरहेको स्थानीयको गुनासो रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.