logo

बिहारीलाल लाठ कर्मवीर सम्मानबाट संगीतकार परियार सम्मानीत

 इसीमाना सम्वाददाता     २०७९ फागुन ६ गते ०७: ४६ मा प्रकाशित     505   पटक पढिएको

वीरगंजका बरिष्ठ संगीतकार गणेश परियार यस वर्षको “बिहारीलाल लाठ” कर्मवीर सम्मानबाट सम्मानीत भएका छन । रिलिफ सोसाईटी अफ कमर्सले आफना अध्यक्ष स्व. बिहारीलाल लाठको योगदानलाई चीरस्थायी राख्न “ किहारीलाल लाठ कर्मवीर” सम्मान प्रदान गर्दै आएको छ ।

 


समाजको बिभिन्न क्षेत्रमा योगदान पर्याएका ब्यक्तिहरुको सम्मान हुने र बिहारीलाल लाठले समाजमा पुर्याएको योगदानको समेत चर्चा हुने भएकोले रिलिफ सोसाईटी अफ कमर्सले यो सम्मान प्रदान गर्दै आएको हो ।

 

वीरगंजलाई कर्मक्षेत्र बनाई संगीत ाधनामा लागेका गणेश परियार कर्मवीर सम्मानकालागि योग्य पात्र भएको नेकपा एमालेका नेता एवं सासद अच्यूत मैनालीले बताए ।

सोसाइटीले पनि लामो समयदेखि संगीतको क्षेत्रमा परियारले दिएको योगदानको कदरस्वरुप सम्मान गरिएको आयोजकले जनाएको छ ।

 

त्यस्तै महिला नेतृ एवम् पोखरिया नगरपालिकाकी पूर्व उपप्रमुख सलमा खातुन र भोजपुरी लोक गायक ढोडा मियाँ तेली (सलिम) लाई सम्मान गरिएको हो ।

रिलिफ सोसाईटी अफ कमर्सका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा , प्रतिनिधि सभा सदस्यद्वय अच्युत मैनाली , प्रभु हजरा मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दीपक शाक्यले सम्मान गरेका हुन् ।

सोही अवसरमा विभिन्न समुदायका १७ जना विपन्न महिलाहरुलाई आयआर्जन गरी आत्मनिर्भर बनाउने अभिप्रायले सिलाईकटाईको मेशिन पनि प्रदान गरिएको संस्थाका सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठले जानकारी दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष योगेन्द्र प्रसाद यादवले स्वागत, बरिष्ठ उपाध्यक्ष नारायण रुङगटाले धन्यवाद र सञ्चालन महासचिब निरज अग्रवालले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.