logo

सोनवर्षामा सिद्धीकीको घरमा प्रहरीको छापा, गांजा सहित दुई पक्राउ

 इसीमाना सम्वाददाता     २०७९ चैत २ गते ०६: १५ मा प्रकाशित     585   पटक पढिएको

पटेर्वा सुगौलीको वडा नं १ सोनवर्षाबाट प्रहरीले एक घरमा छापामारी गरि गाँजाका कारोवारीलाई पक्राउ गरेको छ । सोनवर्षामा रहेको इस्माइल सिद्धीकीको घरमा प्रहरीले छापामारी गरेको हो ।

 

पर्साका प्रहरी उपरिक्षक कमल शाहको कमाण्डामा गएको टोलीले छापामारी गरेको थियो । प्रहरीले बिशेष सूचना प्राप्त गरेको थियो । स्रोत भन्छ स्थानीय रुपमा रहेको पटेर्वा सुगौली स्थित इलाका प्रहरी कार्यालय , रंगपुर स्थित प्रहरी चौकीले समेत छापामारी गर्न सक्थ्यो तर पर्साका प्रहरीले प्रमुखले यो सूचनालाई उच्च प्रथामिकतमा राखेर आफै फिल्डमा अपेशनमा संलग्न भएका थिए ।

 

जुन घरमा छापामारी भएको थियो त्यो घर सोनवर्षाको स्थानीय राजनीतिमा पहुचवाला ब्यक्तिको घर हो । इस्माइल सिद्धीकी साविकको सोनवर्षाका गाविसका पूर्व उपाध्यक्ष हुन । नुरुल होदा उनका भाई हुन ।

 

प्रहरीले छापामारी गरेर २९ किलो गाँजा बरामद गरेको छ । गाँजा सहित जैनुह होदा सिद्धिकी र अर्का एक जना गाँजा ओसार्ने भरियालाई पनि प्रहरीले पक्राउ गरेको छ ।


नुरुल होदा गाँजा कारोवारमा संलग्न रहेको सूचना प्रहरीमा पुगेको स्रोतको दावी छ । उनले गाँजाको तस्करी मार्फत कुस्त सम्पती जाडेको र अहिले पनि कारोवार गरिरहेको सूचना पाएर नै प्रहरीले छापामारी गरेको स्रोतको दावी छ ।


प्रहरीले वीरगंज महानगरपालिकाको वडा न–३१ मिलनचोकबाट पनि २७ कपलो गाँजा सहित एउटा अटो त्यसका चालक र चितवन जिल्लाको राप्ती नगरपािलका १२ ओकराङका तीन जना र ३१ कै अटोका चालक सहित चार जनालाई गिरफतार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिए । 

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ निवासी रामतुल्लहा मिया, चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ बस्ने सहमुल पुजा, मर्कुस पुजा र राम बिलास पुजालाई प्रहरीले पक्राउ गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.