logo

स्व.नरेश सर्राफको स्मृति पत्रकारिता पुरस्कार पत्रकार सिंहलाई दिइने

 इसीमाना सम्वाददाता     २०७९ चैत ११ गते ०९: १६ मा प्रकाशित     523   पटक पढिएको

वीरगञ्ज । पत्रकार स्व.नरेश सर्राफको स्मृतिमा स्थापित पुरस्कार पत्रकार राजेन्द्र सिंह राजपुतलाई दिने निर्णय भएको छ । नेपाल पत्रकार महासंघ पर्साको शनिवार सम्पन्न बैठकले स्व. नरेश स्मृति पुरस्कार सिंहलाई प्रदान गर्ने निर्णय गरेको हो ।

महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकले विगतका निर्णय र सम्पन्न कार्यको समीक्षा गर्नुका साथै यही चैत १६ गते महासंघको स्थापना दिनस मनाउने पनि निर्णय गरेको महासंघका सचिव भुषण यादवले जानकारी दिए ।

 

सचिव यादवकाअनुसार स्थापना दिवसका अवसरमा प्रभातफेरी निकाल्ने र पुरस्कार वितरण गर्ने निर्णय भएको छ ।

यसअघि नै महासंघले ४० वर्ष उम्मेर नकटेका र कम्तीमा १ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पत्रकारलाई पुरस्कार प्रदान गर्ने कार्यविधि बनाएको थियो ।

 

सोही बमोजिम आकाश एफ एम, पब्लिक एफ एम, आवाज एफ एम, माउन्टेन टिभी हुँदै रेडियो नेपाल र एन्युज टेलिभिजनमा कार्यरत पत्रकार सिंहलाई प्रदान गर्ने महासंघले निर्णय गरेको हो ।

यस्तै बैठकले पत्रकार महिलाहरूको क्षमता अभिबृद्घीका लागि चैत मसान्त भित्र तालिम सम्पन गर्ने निर्णय गरेको छ । उक्त तालिमको लागि उपाध्यक्ष सुष्मा शर्मा, कार्यसमिति सदस्य कबिता खड्का, रश्मीराज भण्डारीलाई जिम्मेवारी दिईएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.