logo

पत्रकारितालाई स्वच्छ नैतीक र जनउत्तरदायी बनाउनकालागि आचारसंहिता पालना गर्न वक्ताहरुको जोड

 इसीमाना सम्वाददाता     २०७९ चैत २९ गते १०: १९ मा प्रकाशित     595   पटक पढिएको

कलैया । मधेश मिडिया काउन्सिलको आयोजनामा कलैयामा पत्रकार आचार संहिता कार्यान्वयनको बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

 

नेपाल पत्रकार महासंघ बाराका कार्यवाहक अध्यक्ष रामबाबु मेहताको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले जवाफदेहीपूर्ण पत्रकारिताकालागि आचार संहिताको बिषयमा छलफल गरेका थिए ।

 

लामिछानेले पत्रकारितालाई स्वच्छ नैतीक र जनउत्तरदायी बनाउनकालागि अपनाइने आत्मअनुशासन नै आचारसंहिता भएको बताए । उनले आचार संहिता पालनामा कमी आएको चर्चा गर्दै पत्रकारिताको बारेमा अनेकौं प्रश्नहरु उठन थालेको बताए ।

 

केन्द्रीय सदस्य लामिछानेले नेपाल पत्रकार महासंघको सहमतीमा निर्माण गरिएको पत्रकार आचार संहिता नेपाली पत्रकारहरुले आफैले आफैलाई स्वनियमन गर्न बनाएको तथ्य आजको पत्रकारले स्मरण गर्नु पर्ने बताए ।

 

उनले आचार संहिताको पालना नगरेकै कारण पत्रकारहरु असुरक्षाको दुष्चक्रमा पर्नु परेको चर्चा गरे ।

May be an image of 8 people
कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले पत्रकारहरुकोलागि काउन्सिलले निर्माण गरेको आचार संहिता पालना गर्न आग्रह गरे ।

 

उनले आचार संहिता उल्लघंन भएको जिकिर गर्दै आफूलाई धेरै गुनासाहरु आउने गरेको सुनाए । आचार संहिता पालनाले पत्रकारितालाई जिम्मेवार बिश्वसनीय बनाउने चर्चा गर्दै दासले संहिता पालना नगर्नेहरु कारवाहीको दायरामा पर्ने बताए ।


कार्यक्रममा आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव,नेपाल पत्रकार महासंघका मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, महासचिव श्याम बन्जारा,काउन्सिलका सदस्य बन्दना झा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ बारा शाखाका सचिव अनिल गौरवले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.