logo

पर्यावरणको संरक्षणमा गम्भिर हुन नेता रुङगटाको अपिल, आफनै उधोगमा  वाटर ट्रिटमेन्ट प्लान्ट लगाएको खुलाशा 

      6/27/2020 गते 00 00 मा प्रकाशित     1162   पटक पढिएको

सम्बिधान सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता अनिल रुङ्गटाले पर्यावरणको संरक्षणमा गम्भिर भएर लाग्नु पर्ने बेला आएको बताउनु भएको छ ।

 

उहाँले वतावरणलाई दुषीत बनाउन कसैले पनि नपाउने कुरालाई ख्याल राख्नु पर्नेमा जोड दिनु भयो । बीरगंजको बीच भएर बग्ने श्रीसिया नदिको चर्चा गर्दै नेता रुङ्गटाले श्रीसिया जलचर बिहिन हुनमा उधोगहरु दोषी रहेको बताउनु भयो ।

 

उहाँले औधोगिक बिकास हुनु पर्ने कुरामा असहमत हुन नहुने बताउदै नदीको संरक्षणमा उधोगहरु जिम्मेवार हुुनु पर्नेमा जोड दिनु भयो । उहाँले आफनै उधोगको उदाहरण दिदै आफूले उधोगमा ४० लाखको लागतमा वाटर ट्रिटमेन्ट प्लान्ट लगाएर प्रशोधित पानी मात्र छोडने गरेको बताउनु भयो ।

 

उहाँले उधोगहरुले यस्तो प्लान्ट लगाउन सक्छन र लगाउनु पनि पर्छ भन्नु भयो । उहाँले उधोग स्थापना हुनु पूर्व त्यस्तो प्रकृतिका उधोगहरुले वाटर ट्रिटमेन्ट प्लान्ट लागउनु पर्ने कुराको सुनिश्चतता गरिनु पर्नेमा जोड दिनु भयो । उहाँले अवको संसारमा वतावरण संरक्षणको बिषयनै प्रमुख बिषयका रुपमा आउने तर्फ सचेत रहन आग्रह गर्दै जीवनलाई सहज बनाउने नाममा अरुको अस्तित्वलाई नामेट गर्न नुहनेमा जोड दिनु भयो । 


कार्यक्रममा नेपाल नेत्र ज्योती संघका बरिष्ठ उपाध्यक्ष श्याम पोख्रेलले  वतावरणको संरक्षण मानव सभ्याताकालागि अवश्यक भएको बताउदै त्यसको शुरुवात आफैबाट गर्नु पर्ने बिचार ब्यक्त गर्नु भयो ।

 

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले स्वच्छ वतावरण पाउने कुरा नागरिकको मौलीक हक भएको बताउनु भयो । सम्बिधानले नै स्वच्छ वतावरणमा वाँच्न पाउने कुराको सुनिश्चितता गरेको भन्दै सरकारहरु नागरिकलाई यो अधिकार प्रत्याभूत गर्ने दायित्वबाट भाग्न नपाउने बताउनु भयो ।

 

उहाँले समाजमा सरसफाईको अवस्था नाजुक हुनुका पछाडि ब्यक्ति समुदाय र सरकार दोषी रहेको चर्चा गर्दै अनुशासीत र सरसफाईयुक्त जीवन  जीउन नचाहने ब्यक्तिगत आनीबानीले सामाजिक स्वीकारोक्ती पाएकोले बीरगंज सफा हुन नसकेको उहाँले बताउनु भयो । 


कार्यक्रममा सानो पाइलकाका कार्यकारी निर्देशक कन्चन झाले बीरगंजमा सेन्टर पार्कको आवश्यकता रहेको बताउनु भयो । उहाँले वतावरणीय हिसावले राम्रो शहर बनाउने कुराको कामको शुरुवात युवाले गर्नु पर्नेमा जोड दिनु भयो । 

 


कार्यक्रममा डा.सुष्मा तिवारी, बीरगंज महानगरपालिका कार्यपालिका सदस्य अरविन्द गुप्ता नेपाल रेडक्रस सोसाइटी प्रदेश २ का अध्यक्ष फूलमहम्मद मिया, बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई ,बीरगंज ग्रिनसीटीका अध्यक्ष प्रकाश खेतान लगायतले आफना बिचार ब्यक्त गर्नु भएको थियो । 


कार्यक्रममा वतावरण जिउने आधारका केन्द्रीय अध्यक्ष आकाश चौहानले बीरगंजमा गरिएको बृक्षारोपण र त्यसको अब्यवस्थापनको प्रभावका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा बिकास चौहान बिषयमा प्रवेश गराउनु भएको थियो  । कार्यक्रमको संचालन बिवेक कर्णले गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.