logo

सुरक्षित बैदेशिक रोजगार सम्बन्धी प्रहरीसँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददाता     २०८० बैशाख १३ गते ०८: ४५ मा प्रकाशित     514   पटक पढिएको

वीरगंज । सुरक्षित बैदेशिक रोजगार सम्बन्धी प्रहरीसँग १ दिने अन्तरक्रिया कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत अगुवाई, प्रदेश सरकारको समन्वय, इलम हेल्भेटास नेपालको प्राविधिक सहयोग, स्थानीय सरकारको नेतृत्व र सेवा प्रदायक संस्था दिव्य विकास स्रोत केन्द्र, पर्साको सहजीकरणमा सञ्चालन भईरहेको “सुरक्षित आप्रवासन (सामी) परियोजना” अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

 

बैदेशिक रोजगारीको क्रममा ठगी तथा विभिन्न समस्यामा परेकाहरुको छिटो छरितो न्याय प्राप्ती तथा पाउने क्षतिपूर्ति सहज ढंगबाट प्राप्त गर्नको लागि प्रहरीसंग समन्वय गर्ने तथा आउने दिनहरुमा बैदेशिक रोजगारीमा जाने कुनै पनि युवा ठगीमा नपरुन भन्ने उद्देश्यले समुदायमा व्यापक सचेतीकरण तथा समस्यामा परेर उजूरी भएका घटनाहरुको न्यायीक प्रक्रियामा सहयोग गर्नको लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको दिव्य विकास स्रोत केन्द्रका गणेश ठकुरीले जानकारी दिए ।

 

कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत शिवचरण रौनीयारले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको संक्षिप्त जानकारी तथा यस कार्यक्रमले कसरी आफ्ना कार्यक्रमहरुलाई अगाडी बढाईरहेको विषयमा प्रस्तुतिकरण मार्फत जानकरी गराएका थिए ।

 

कार्यक्रममा आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता जयप्रकाश प्रसादले आप्रवासी स्रोत केन्द्रमा यस चालु आर्थिक वर्षमा ८७ ओटा बैदेशिक रोजगारी सम्बन्धी घटनाहरु दर्ता भएको, जसमध्ये २८ ओटा घटनाहरु समाधान भईसकेको वताए । जस मध्ये १४ ओटा घटनाहरु ठगीका घटनाहरु रहेको उनले जानकारी गराए ।

 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले नेपालको संविधानमा संशोधन भएका बैदेशिक रोजगार सम्बन्धी ऐन, नियमहरु तथा प्रमुख जिल्ला अधिकारीको भूमिका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

 


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दावा शेर्पाले सामी कार्यक्रम तथा नेपाल प्रहरी बिचको समन्वय तथा सहकार्य सम्बन्धी प्रस्तुीकरण गरेका थिए । कार्यक्रममा भएको खुल्ला छलफलमा सहभागीहरुले आ–आफ्ना जिज्ञासा राखेका थिए भने परियोजनाका कमचारीहरुबाट जिज्ञासालाई सामाधान गरिएका थिए ।

 

पत्रकार महासंघ पर्साको उपाध्यक्ष युवराज खड्का ,ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मोहन विक्रम केसीले मन्तब्य ब्यक्त गरेका थिए।

 

दिव्य विकास स्रोत केन्द्रका अध्यक्ष उमेश प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य दिव्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामकान्त प्रसाद कुर्मीले राखेका थिए भने संचालन दिब्य विकास स्रोत केन्द्रका कोपिला चौलगाईले गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.