logo

हुलाकी न्यूजडटकम र त्यसका सम्पादक बिपी साह बिरुद्ध प्रेस काउन्सिलमा उजुरी

      7/11/2020 गते 00 00 मा प्रकाशित     1278   पटक पढिएको

हुलाकी न्युज डटकमले केही दिन यता मुख्यमन्त्री लालबाबु राउतको चरित्र हत्या गर्ने गरि तथ्यलाई तोडमडो गर्दै समाचार संप्रेषण गरेको भन्दै प्रेस काउन्सिलमा अनलाइन उजुरी दर्ता गराइएको छ ।

मुख्यमन्त्रीका संचार सचिवालयका संयोजक अतिश कुमार मिश्रले हुलाकी न्युज डटकम र त्यसका सम्पादक बिपि साह माथी पत्रकार अचार सहिता बिपरित तथ्यलाई तोडमडो गरेर निरन्तर समाचार सम्प्रेषण  गरेको भन्दै पत्रकार आचार संहिता २०७३ को दफा ४ को उपदफा ६,७ उल्लंघन गरेको हुँदा पत्रकार आचार संहिता २०७३को दफा ६ र प्रेस काउन्सिल ऐन २०४८को दफा १२को उपदफा १ बमोजिम  उजुरी दर्ता गरि पत्रकार आचार संहिता २०७३को दफा ७ र प्रेस काउन्सिल ऐन २०४८को दफा १२ को उप दफा २ (ख) बमोजिम कारबाही गरि पाँउ भनि निवेदन दर्ता गराएका छन ।

हुलाकी न्युजले सम्प्रेषण  गरेको समाचारहरुमा ‘कमिसनको खेलमा मुख्यमन्त्री, १२ ठेक्का–पट्टा कम्पनीकै नाममा बजेट’ शिर्षकमा लेखिएको समाचारमा पत्रकार विपि साहले मुख्यमन्त्री कार्यालयले कम्पनीको नामै तोकेर बजेट व्यवस्थापन गरि भ्रष्टाचार गरेको भनि लेखेकोमा बजेटमा व्यवस्था भएको उक्त शिर्षक गत वर्षको बक्यौता भूक्तानी गर्ने संसदीय समितिको निर्णय अनुसार संसदीय विकास कोषको शिर्षक रहेपनि पित्त पत्रकारिता तहत मा. मुख्यमन्त्री ज्यूको चरित्र हत्या गर्ने प्रयास गरेको दाबी उजुरीमा गरिएको छ  ।

 

त्यसै गरि मुख्यमन्त्रीको फोटो झुण्ड्याउन दुई करोड खर्चिदै शिर्षकको समाचारमा मुख्यमन्त्रीको फोटो झुण्ड्याउन २ करोड खर्चिदै भनि लेखेको भएपनि उक्त शिर्षक प्रदेशको मात्र नभई देशकै चर्चित कार्यक्रम मुख्यम मन्त्री बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियानको प्रचार प्रसार एवं जनचेतना मुलक सामग्रीहरुको प्रकाशनको लागी रहेकोमा निजले मुख्यमन्त्रीको चरित्र हत्या गर्ने प्रयास गरेको दाबी गरिएको छ  ।  

 

अस्पतालमा जीवनजल नपाउने प्रदेशका मुख्यमन्त्री पिउँछन् १३ लाखको पानी  शिर्षकको समाचारमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रयोग गर्न छुट्टयाइएको पानीको बजेटको शिर्षकलाई तोड मडो गरि मुख्यमन्त्रीले मात्रै पिउछन १३ लाखको पानी भनी  मुख्यमन्त्रीको  चरित्र हत्या गर्ने प्रयास गरेको दाबी गरिएको छ ।

प्रेस काउन्सीलले मांग दाबी बमोजिम कारबाही नगरे हुलाकी न्युज र त्यसका सम्पादक विपि साह माथि साइबर क्राइम अन्तर्गत कारबाहीको प्रक्रिया अगाडी बढाइने चेतावनी समेत दिइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.