logo

बिन्दवासिनीको गाउँ सभा सम्पन्न : शिक्षा, स्वास्थ्यमा जोड

      7/13/2020 गते 00 00 मा प्रकाशित     1195   पटक पढिएको


 पर्साको बिन्दवासिनी गाउँ पालिकाको गाउँ सभा आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु (मोदी ) को अध्यक्षतामा सम्पन्न सभामा आर्थिक बर्ष ०७७/०७८ को लागि चालु तर्फ १३ करोड, ९९ लाख र पूँजीगत तर्फ १६ करोड, ५६ लाखको बजेट पारित भएको छ ।

 

परिषदले बिभिन्न बिषयमा योजना तय गर्नुको साथै शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, बिकास निर्माणमा समेत बजेट बिनियोजन गरेको छ ।

 

परिषदमा शिक्षामा १ करोड , स्वास्थ्यमा ८० लाख , कृषीमा ६० लाख, पशुमा ४० लाख लगायतका शिर्षकमा बजेट छुट्याएको छ । बजेटले शिक्षा, स्वास्थ्य, कृषी, सडक, नाला लगायत पालिकाको समग्र बिकासमा ध्यान दिने जनाइएको छ ।

 

परिषद पछि कुरा गर्दै अध्यक्ष (मोदी ) ले अव सबैले गर्व गर्ने खालको परिवर्तनको खाका कोरेर जनताको बीचमा जान मार्ग पहिल्याएको बताउनुभयो । उहाँले समस्या र चुनौति अनगिन्ती भएपनि सर्वसम्मतिले गाउँ सभा सम्पन्न भएपछि साझा सवालमा एक भएर जाने परम्पराको शुरु भएको बताउनुभयो ।

 

कार्यक्रममा गाउँपालिकाकी उपाध्याक्ष किरण देबी गुप्ताले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बिकास निर्माण र सामाजीक सुधार एवं महिला बालबालिका तथा उपेक्षित जाती भाषा एवं संस्कृतिको बिकासमा समेत ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभयो ।

 

 

कार्यक्रमको संचालन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मून्ना साह रौनियारले गर्नुभएको थियो । कार्यपालिका सदस्य र ५ वाटै वडाअध्यक्षहरुको उपस्थितीमा गत २१ गते आइतवार देखि सुरु भएको सभामा आज सोमवार सम्पन्न भएको प्रेस संयोजक संजिब मिश्राले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.