logo

बीरगंजमा पहिलोपटक गहवामाई रथ यात्राको सम्पूर्ण तयारी पुरा, हजारौ श्रद्धालुको सहभागिता हुने

 इसीमाना सम्वाददाता     २०८० असार ४ गते ०६: १८ मा प्रकाशित     674   पटक पढिएको

वीरगंज । गहवा माईको नयाँ संरचना बनेको ११ वर्षको अवसर पारेर निकाल्न लागिएको रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको गहवामाई रथ यात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताए ।


असार ५ गते बिहान ६ देखि ९ बजेसम्म वीरगंज नगरभित्र रथयात्रा निकाल्ने तयारी भएको उनले जानकारी दिए ।

भारत एवं नेपालका १० जना कामदार बिहान ५ देखि राति ११ बजेसम्म लगाएर बनाएको रथको आकृति पनि गहवामाई मन्दीरको जस्तै रहेको छ । रथ निर्माणको लागत २० लाख अन्य खर्च गरि ३५ लाख खर्च लाग्ने अनुमान गरिएको पोख्रेलले जानकारी दिए ।


रथयात्रामा ३५ हजार श्रद्धालु भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ । रथयात्रा सम्पन्न गर्नका लागि अध्यक्ष श्याम पोखरेल, उपाध्यक्ष्ँ देवनाथ कलवार, महासचिव लक्ष्मीनारायण गुप्ता, कोषाध्यक्ष रवि अग्रवाललगायत ३१ सदस्यीय समिति बनेको छ ।


सोमवार गहवामाई मन्दिर परिसमा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा रथ निर्माणको काम सम्पन्न भएको र रथ यात्राको तयारी समेत पुरा भएको जनाइएको हो । गहवामाई मन्दिर अगाडि नै निर्माण गरिएको काठको रथ आइतबार एकैछिन गुडाएर परीक्षण समेत गरिएको थियो ।

कार्यक्रमलाई भब्य र सभ्य पार्न बारा, पर्सा र रौतहटका भक्तजनहरुलाई धेरै भन्दा धेरै उपस्थित भएर सोभा बढाउन अपिल उनले गरे । गहवामाई मन्दिरको ११ औँ वर्षको उत्सवमा पहिलोपटक रथ यात्रा नकाल्न लागिएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.