logo

अधिवक्ता कुर्मीको अपिल भ्रष्टहरुलाई बहिष्कार गरौ,बिकासको बेगवान गती देख्न पाइन्छ

      7/17/2020 गते 00 00 मा प्रकाशित     1205   पटक पढिएको

सामाजिक अभियान्ता राजनीतिककर्मी अधिवक्ता सुरेन्द्र कुर्मीले सामाजिक संजालमा भ्रष्टहरुलाई बहिष्कार गर्न अपिल गर्नु भएको छ । 


हाम्रो समाजमा दैनीक जीवनमा देखिएका गलत काम र त्यसका जिम्मेवार ब्यक्तिहरुलाई बहिष्कार गर्न कुर्मीले गर्नु भएको अपिल आफैमा साहसीक र महत्वपूर्ण रहेको छ । 


उहाँले कमिशन लिने र भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई बहिष्कार गर्न अपिल गर्नु भएको छ । नागरिकले तिरो राजस्वबाट पारिश्रमीक लिने तर बिद्यार्थीलाई नपढाएर उनीहरुको भबिष्यमाथि खेलवाड गर्ने सामुदायिक बिद्यालयका शिक्षकहरु ,सरकारी अस्पतालमा जागीर खाने निजीमा उपचार गर्ने जाँचका नाममा बिरामीको आर्थिक दोहनमा लाग्ने चिकित्सकहरु,सामाजिक न्यायकोलागि लडनु पर्ने तर आफनो पेशागत नैतिकता समते परित्याग गरेर मुद्धा मिलाईदिन्छु भन्दै दलाली गरेर पीडितलाई दुःख दिने कानून ब्यवसायीलाई बहिष्कार गर्न अधिवक्ता कुर्मीले अलि गर्नु भएको छ । 

 


उहाँले सरकारी कार्यालयमा रहेको घुसखोरी र घुस नपाई कलम नउठाउने कर्मचारी, कमिशनकोलागि कमशल बस्तुको प्रयोग गरे निर्माणको काम गर्न दिने , कम लागतमा हुने कामको ठुलो लागत बनाएर अनियमितता गर्न प्रोत्साहित गर्ने इन्जिनियर,असल र गलत छुट्ट्याउन नसक्ने  तर समाजमा सबैको हितकोलागि राम्रो कामको बिरोध गर्ने राजनीतिक कार्यकर्ता, सरकार बजेटबाट गरिने सामाजिक सुधारका तालिमहरुको फोटो उपस्थिति देखाएर पैसा झ्वाम पार्ने कर्मचारी ,संघ संस्थाका पदाधिकारी, आफ्नो भाषालाई महान ठान्ने अन्य भाषा संस्कृतिको अपमान गर्ने ,अफनाकालागि भए मानव अधिकारको हनन भन्ने अरुकालागि भए चुप लाग्ने मानवअधिकारवादी, अपराधीसंग प्रमाण बेचेर पैसा कमाउने , पैसाका कमाउनकालागि सूचनाको बिनिमय गर्ने पत्रकार र बलिया धनीलाई निर्दोष देख्ने गरिब असक्षमलाई निर्दोष देख्ने प्रहरी प्रशासनका मान्छेहरुलाई बहिष्कार गर्न उहाँले अपिल गर्नु भएको छ । 


हुनत उहाँले आफना कुराहरुलाई अलिक जोड दिदै दम छ भने बहिष्कार गर्न भन्नु भएको छ । सारमा उहाँले दिन खोजेको सन्देश चाही भ्रष्ट र अनियमितता गर्ने आफनो ओहदाको दुरुपयोग गर्नेलाई बहिष्कार गरौ भन्ने नै हो ।


समाजमा देखिएको यो प्रवृतिका बिरुद्ध आम जनताको प्रयास भयो र त्यसले सार्थकता पायो भने बिकासको बेगवान गती देख्न पाइन्छ र समाज स्वर्ग बन्न सक्ने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.