logo

मधेशमा भानुभक्त र पहाडमा विद्यापतिलाई उत्तिकै महत्व दिनु पर्छः एमाले नेता भट्टराई

 इसीमाना सम्वाददाता     २०८० असार १९ गते ०९: ०३ मा प्रकाशित     587   पटक पढिएको

सर्लाही । नेकपा एमालेका नेता योगेश भट्टराईले मैथली साहित्यकार महाकवि विद्यापतिको योगदानवारे सवै नेपालीले वुझ्न आवश्यक रहेको वताएका छन ।

 

उनले ले मधेशमा मात्र नभएर पहाडी र हिमाली क्षेत्रमा विद्यापतिको महत्ववारे जानकारी दिनु पर्ने उल्लेख गरेका हुन ।


मंगलवार सर्लाहीको हरिवनमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै एमाले सचिव भट्टराईले भने –“मैथली भाषामा महाकवि विद्यापतिको ठुलो योगदान छ, देशकै दोश्रो ठुलो भाषाका महान साहित्यकारलाई मधेशले मात्र हैन, हिमाल र पहाडले पनि सम्मान गर्नुपर्छ ।” उनले मधेशमा भानुभक्त र पहाडमा विद्यापतिलाई उत्तिकै महत्व दिनु पर्ने वताए ।


हरिवन नगरपालिकाको – ८ नम्वर वडाले वनवाटिकामा स्थापना गरेको पृथ्वी नारायण साह, बिपी कोइराला, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको शालिक अनावरण गर्दै उनले विद्यापतिको शालिक पनि अनावरण गर्न पाएको भए आफु अझ प्रफुल्लित हुने भावना ब्यक्त गरे ।


नेकपा एमालेका केन्द्रीय सचिव र पहाडी जिल्ला ताप्लेजुङवाट निर्वाचित प्रतिनिधि सभा सदस्य भट्टराई अहिले पार्टीको मधेश प्रदेश ईन्चार्जको जिम्मेवारीमा छन ।

नेपाल वहुभाषिक र वहुजातिय फुलवारी भएकोले मधेशको वारेमा पहाडमा र पहाडको वारेमा मधेशमा पर्याप्त जानकारी हुनु पर्ने उनको तर्क छ । “आफु केही दिन पहिले कर्णालीको हुम्ला, जुम्ला, मुगु, डोल्पामा जादा मधेशका शिक्षक साथी भेटेर आनन्द आयो भट्टराईले भने – “पहाडको वारेमा उहाँहरुको धेरै राम्रो वुझाई रहेछ, हामी पहाडवासी भन्दा पनि धेरै, त्यसैले पहाडले मधेश पनि त्यसै गरि वुझौ ।”


आफु मन्त्री भएको वेला इलामको सुर्योदय नगरपालिकामा विद्यापतिको शालिक वनाउन वजेट पठाएको उनले स्मरण गरे । भट्टराईले देशको सन्दर्भमा मधेश र पहाडलाई अलग अलग ढंगले वुझ्न नहुने वरु थप सुमधुरता वढाउदै लानु पर्ने विचार राखे ।

 

मधेश र पहाडको महत्ववारे उदहरणवाट प्रष्ट पार्दे उनले भने – “विश्वको सर्वोच्च शिखर सगरमाथा हामीसँग भएकोले प्रशिद्ध जानकी मन्दिर र जनकपुरको अस्तित्व छ अनि जनकपुर र जानकी मन्दिर नेपालमा भएकैले सगरमाथाको पनि अस्तित्व छ ।” हिमालको अस्तित्व नभएको भए जनकपुरको अस्तित्व नहुने र जनकपुर नभएको भए हिमाल नहुने उनको थियो । हिमालको शुद्ध पानी, तराईको उर्वर जमिन र पहाडको जडिवुटी हाम्रा अन्योन्याश्रित सम्वन्धका प्रतिक भएको भट्टराईले व्याख्या गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.