logo

डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादव प्रहरीकोमा स्वयं उपस्थित

 इसीमाना सम्वाददाता     २०८० असार २० गते ०५: ४७ मा प्रकाशित     514   पटक पढिएको

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादव प्रहरीकोमा स्वयं उपस्थित भएकी छन् । नागरिकतासम्बन्धी आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उपप्रमुख यादव बुधबार जिल्ला प्रहरी कार्यालय राजविराजमा उपस्थित भएकी हुन् ।

उच्च अदालत जनकपुर, राजविराजको परमादेशपछि दुई दिनअघि यादव र उनका श्रीमान महेन्द्रकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि उपप्रमुख यादव आफैं प्रहरीसमक्ष उपस्थित भएकी हुन् ।

 

सोही नगरपालिका वडा नं. ४ का ३५ वर्षीय कृष्णकुमार यादवले उपप्रमुख र उनका श्रीमानविरुद्ध जिल्ला प्रशासन कार्यालयमा साउनको दोस्रो साता उजुरी दिएका थिए । उक्त उजुरी उपर कारबाही प्रक्रिया अघि नबढाएको भन्दै उनले उच्च अदालतमा परमादेशका लागी तीन महिनाअघि निवेदन दिएका थिए ।

 

उजुरीमा उपप्रमुखका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्ला निवासी रहेको उल्लेख छ । आरोपितहरु विधानसभा निर्वाचन क्षेत्र बिहार निर्वाचन नामावली भाग सं.५१ अनुसार श्रीमान श्रीमती दुवै भारतीय नागरिक रहेको दाबी गरिएको छ ।

 

उपप्रमुख, उनका श्रीमान र छोरा इन्द्रजीतले डाक्नेश्वरी नगरपालिका ६ अन्तर्गत साविकको औरही गाविस–३ बाट झुटो विवरणको आधारमा नागरिकता प्रमाणपत्र लिई उपप्रमुखको पद धारण गरी संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसेर पदीय दायित्व दुरुपयोग गरिरहेको उजुरीमा उल्लेख छ ।

 

उच्च अदालतमा दायर मुद्दामा गत जेठ ५ गते न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राईको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाममा परमादेशको आदेश जारी गरेको थियो ।

 

प्रहरीकोमा उपस्थित हुनुअघि उपप्रमुख यादवले आरोपहरु गलत रहेको जिकिर गर्दै अनुसन्धान सहजताका लागि कानूनमाथि विश्वास राख्दै उपस्थित हुन लागेको बताएकी थिइन् । निर्वाचनमा पराजित हुनेहरुले नक्कली कागजात पेश गरी झुटा मुद्दा दायर गरेको दाबी गर्दै उपप्रमुख यादवले आफू नेपाली नागरिक रहेको र अदालतबाट पुष्टि हुने विश्वास व्यक्त गरिन् ।

 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरमा जन्मे, हुर्केको, पढेको र जागिर खाएको तथा सप्तरीकै डाक्नेश्वरी नगरपालिका–६ मा विवाह गरेको बताउँदै उपप्रमुख यादवले राजनीतिक पूर्वाग्रह राखी दिएको झुटा उजुरी खारेज हुने विश्वास व्यक्त गरिन् ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.