logo

एउटा चिकित्सकको चित्कार शवलाई सम्मान गर्ने सभ्याता संकटमा पर्यो सहयोग गर्नुहोस

      7/26/2020 गते 00 00 मा प्रकाशित     3438   पटक पढिएको

एक दिन अघि सामाजिक संजालमा डा.निरज सिंहले सम्मानजक मृत्युको बिषयमा मार्मिक पोष्ट साझा गर्नु भयो । मरच्यूरी क्याबिनेट विथ रेफरिज्रेटर (फ्रिजर)को आवश्यकताको बारेमा उहाँले पोष्ट साझा गर्नु भएको हो ।

 

पर्सामा  बिपत ब्यवस्थापन समितिका कतिपय बैठकमा उहाँले यो कुरा उठाउदै आउनु भएको थियो । तर  बैठकमा डा.निरज सिंहका कुरालाई गम्भिरतापूर्व लिने भन्दा पनि हाँसेर उडाउने धेरै थिए । 


आज परिणाम हेर्दा डा.सिंहले उठाएको कुरा बेलैमा ब्यवस्थापन गर्न सकेको भए मृत शरिरले पनि सम्मान पाउथ्यो । तर आज आफन्तजन इष्टमित्र धन सम्पती हुदा हुदै पनि शवहरु बेवारिसे भएका छन ।

 

बिपत ब्यवस्थापनका नाममा बैठक गोष्ठी र सेमिरनारहरु भए । त्यसमा फगत भाषण बाहेक केही हुदो रहेनछ भन्ने कुराको पुष्टि यतिवेला आएर भएको छ । 

 


बीरगंजको अस्थायी कोभिड अस्पताल जुन सम्झौता अनुसार साउन १८ गते सम्मकालागि मात्र त्यो भवन उपलब्ध गराइएको छ । जसको नविकरण नहुने चर्चा चलिरहेको छ । दैनीक संक्रमीत फेला परेको यो अवस्थामा अव होम आइसोलेशनको प्रोटोकल पनि आएको छ । लक्षण सहितका संक्रमीत बढे भने के हुन्छ ? यसको जवाफ दिने कोही देखिदैन । 

 


कोभिड अस्पताल गण्डकमा आइतवार बिहानर एक ब्यवसायीको उपचारको क्रममा मृत्यु भएको छ । उहाँको शव अहिले पनि अस्पतालको इमरजेन्सीमा छ । इमरजेन्सीमा ७ वटा बेड रहेका छन ।

 

त्यो शव त्याहा बाट ब्यवस्थापन नगर्दा सम्म इमरजेन्सी वार्ड नै उपयोग बिहिन हुन्छ । यो बेलामा डा. निरज सिंहले दिएको सुझाव अनुसार शव राख्नकोलागि मरच्यूरी क्याबिनेट विथ रेफरिज्रेटरको ब्यवस्था गर्न सकेको भए इमरजेन्सी उपयोगमा पनि आउथ्यो र शवले अन्तिम शतगत नहुदा सम्म सम्मानपूर्ण ठाउ पाउथ्यो ।

 

ब्यवस्थापकिय हिसावले जिम्मेवार निकायहरु चुक्नुको परिणाम हो यो । आज एउटा मात्र ब्यक्तिको मृत्युले यो अवस्था ल्याएको छ । यो मानव सभ्यातालाई नं संकटमा पार्न सक्ने महामारीमा अन्य पनि मृत्युका घटना हुन सक्छन भन्ने कुराको हेक्का ब्यवस्थापनको जिम्मेवारीमा बसेकाहरुले लिन जरुरी छ । 

 


डा. सिंहले आफ्नो पोष्टमा ब्यवस्थापनको जिम्मेवारीमा बसेकाहरुले यस्तो कुरा नबुझेको हुनाले नै आम दाताहरु गुहार लगाउनु भएको हो । सरकारले यसलाई गम्भिरता पूर्वक नलिएपछि एउटा चिकित्सकले बीरगंजका दातालाई गुहार लगाउनु भएको छ । बीरगंजका दाताहरुले हरेक संकटमा आफूलाई अगाडि सारेर संकट ब्यवस्थापनमा  हातेमालो गरे छन ।

 

के एउटा शव, भोली त्यसमा जो पनि हुन सक्छ त्यसलाई सम्मानपूर्ण रुपमा राख्नकालागि एउटा चिकित्सकको अपिललाई बीरगंजका दाताहरुले सहयोग पु¥याउने छन ? । ब्यवस्थापकीय रुपमा अवस्था यही रह्यो भने धेरै पर्खिनु पर्दैन हामी असफल हुनेछौ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.