logo

बिधुतीय प्रणालीबाट घर नक्सा दिने मधेशको पहिलो स्थानीय सरकार बन्यो बागमती नगरपालिका

 इसीमाना सम्वाददाता     २०८० सावन १४ गते ०७: ३२ मा प्रकाशित     557   पटक पढिएको

हरिवन । सर्लाहीको बागमती नगरपालिकाले घर नक्सा अब बिधुतीय प्रणालीबाट गर्ने भएको छ । विद्युतिय प्रणालीबाट नक्सा पास गर्ने बागमती नगरपालिका मधेशको पहिलो नगरपालिका हो ।

 

मधेश प्रदेशका अधिकांश स्थानीय निकायहरु आन्तरिक विवाद कारण अत्यन्त जर्जर बनिरहेको समयमा बागमती नगरपालिकाले विद्युतीय नक्सा पास प्रणाली सुरु गरेको हो ।


सर्लाही जिल्लाका २० स्थानीय तहहरुका साथै मधेश प्रदेशका एक सय ३६ स्थानीय तहहरु मध्य सबै भन्दा पहिला बागमती नगरपालिकाले विद्युतीय नक्सा पास प्रणाली सुरु गरेको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।

 

उनले नगरपालिकाले दिने सबैखाले सेवा नागरिकले बिना कुनै सास्ती पाउन भन्ने उद्धेश्यल विद्युतीय नक्सा पास प्रणाली सुरु गरेको बताए ।

जनप्रतिनिधिहरु संघियताको मर्म र भावना अनुरुप चल्न नसकेको कारण जनताको घर दैलोमा आईपुगेको भनिएको सिंहदरवार झनै आकासको फल जस्तो नबनोस् र हरेक नागरिकहरुले सहज रुपमा स्थानीय तहबाट पाउने सेवा सुविधा पाउन भनेर विद्युतीय नक्सा पास प्रणाली सुरु गरिएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताईन् ।

 

उनका अनुसार बागमती नगरपालिकाले विकास र समृद्धिको नारा मात्र हैन,योजना नै लिएर निरन्तर अघी बढिरहेको छ।नगरको दिगो विकास र समृद्धिको महत्वपुर्ण योजना साकार पार्ने कार्यमा नगरका सबै जनप्रतिनिधिहरुको अथक साथ सहयोग र प्रयास रहेको छ ।

 

ठुला बजार तथा उद्योग कल कारखाना नरहेको यस नगरले जनप्रतिनिधि पाएयता गरेको विकास प्रदेशकै नमुना मात्र नभई निकै लोभलाग्दो उदाहरण बनेको स्थानीय जानकार दिपक रानाभाटले बताए । उनका अनुसार बागमती नगरपालिकाका जनप्रतिनिधिहरुको आखाँमा केही बर्ष पछिकोे बागमती नगरपालिकाको स्वरुप अत्यन्त सुन्दर,समृद्ध र सु व्यवस्थित छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.