logo

रहेनन फूटबलका धरोहर हरि बहादुर श्रेष्ठ

 इसीमाना सम्वाददाता     २०८० सावन २२ गते ०५: २९ मा प्रकाशित     654   पटक पढिएको

वीरगन्ज । मध्य तराईको फूटवलका धरोहर प्रशिक्षक हरि बहादुर श्रेष्ठको निधन भएको छ ।

 

श्रेष्ठको शनिवार बिहान १ बजे नेशनल मेडिकल कलेजमा ७५ बर्षको उमेरमा निधन भएको हो ।

 

दुईबर्ष अघि सामान्य मुटुको उपचार गराएका उनको स्वास्थ्य अवस्था सामान्य नै रहेपनि हिजो अचानक स्वास्थ्यमा समस्या आएपछि नेशनल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।

श्रेष्ठको उपचारको क्रममा अस्पतालमै निधन भएको परिवारजनले बताएका छन् । उनको सोमवार नै अशोक वाटिका स्थित श्मसानघाटमा अन्त्यष्टि गरिएको छ । उनको पार्थिव शरीरमा पर्सा जिल्ला फुटबल संघ पर्साले झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको थियो ।

 

पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कलवार (रोशन) लगायत पदाधिकारीहरुले झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन् ।

 

मध्य तराईको खास गर थरुवट क्षेत्रमा श्रेष्ठलाई फूटवलका धरोहरको रुपमा सम्मान प्राप्त थियो । बाराको बकुलिया पर्साका बिभिन्न कल्वहरुले श्रेष्ठमा रहेको सीप पाउन सकेका थिए ।

२००५ सालमा जन्र्मिका श्रेष्ठ जिल्ला खेलकुद विकास समिति पर्साको फुटबल प्रशिक्षकका नियुक्त भई सेवानिवृत्त भएका हुन । उनी झण्डै ४० बर्ष प्रशिक्षकका रुपमा सक्रिय रहे ।

 

श्रेष्ठको निधनले पर्सा जिल्ला फुटबल संघले एकजना अभिभावक गुमाउनु परको संघका अध्यक्ष गुप्ताले बताए । उनको निधनले पर्सा जिल्लामा मात्रै नभई समग्र फूटबल क्षेत्रमा नै अपुरणीय क्षति भएको गुप्ताको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.