logo

सप्तरीमा पत्रकारको प्रर्दशन जारी,असक्षम प्रजिअको सरुवाको माँग

 इसीमाना सम्वाददाता     २०८० सावन २९ गते ०७: ३८ मा प्रकाशित     513   पटक पढिएको

राजविराज । नेपाल पत्रकार महासंघ सप्तरीले सिडिओ भुपेन्द्र थापा विरुद्ध सोमवार राजबिराजमा प्रर्दशन गरेको छ । महासंघको बिरोध प्रर्दशन पूर्व निर्धारित हो ।

 

महासंघ सप्तरीद्वारा पुर्व निर्धारित कार्यक्रम अन्तर्गत पाँचौदिन सोमबार सिडिओ थापा र प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्की विरुद्ध नारावाजी गर्दै विरोध प्रदर्शन गरेको हो ।

 

सिडिओ – एसपी मुर्दावाद, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, संविधानको रक्षा गर, असक्षम सिडिओलाई सरुवा गर, आत्मालोचनासहित प्रेस स्वतन्त्रता विरोधी उर्दि फिर्ता गर, पत्रकार कुटपिट गर्ने प्रहरीलाई कारबाही गर लगायतका नारा लगाउदै पत्रकारहरुले राजविराज नगर परिक्रमा गरेका थिए ।

 

जिल्ला प्रशासन कार्यालय सप्तरीले क्षमायाचनासहित उर्दी फिर्ता लिई पूर्ण प्रेस स्वतन्त्रताको वातावरण बनाउनुपर्ने र जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार मनोहर पोखरेलमाथि आक्रमण भएको घटनामा संलग्न असईमाथि कानून बमोजिम कारबाही हुनुपर्ने मागसहित महासंघ सप्तरीले संघर्षका कार्यक्रमलाई जारी राख्दै दिनहुँ प्रदर्शनसहित विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।


महासंघले श्रावण २६ गते घोषणा गरेका संघर्षका कार्यक्रम सोमबार सिटि जुलुस प्रदर्शन गरेका हुन । मंगलवार १ घण्टा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, ३१ गते बुधवार २ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने, ३२ गते बिहीवार ३ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने र भदौ १ गते शुक्रवार २४औं घण्टे रिले अनसन बस्ने संघर्षका कार्यक्रम तय गरेका छ्न ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.