logo

बारा पर्सामा १ सय ३३ कोरोना संक्रमीत थपिए

      8/5/2020 गते 00 00 मा प्रकाशित     957   पटक पढिएको

बारा र पर्सामा पिसीआर परिक्षणको पछिल्लो रिपोर्ट अनुसार बीरगंज महानगरपालिकाका कर्मचारी सहित १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

 


पछिल्लो पटक गरिएको स्वाब संकलनको परीक्षण रिपोर्टमा वीरगञ्ज महानगरपालिकाका वडाध्यक्षहरु, अधिकृत तथा कर्मचारीहरु,  वीरगञ्ज कारागारका कैदीबन्दी, संक्रमितहरुको कन्टेक्ट ट्रेसिङ्गमा परेकाहरु, लक्षण देखिएपछि अस्पताल भर्ना रहेका ब्यक्ति र एक जना मृत्यु भइसकेकी १८ वर्षे युवती रहेका छन ।

 

रिपोर्ट अनुसार बारा जिल्लाका १७ जनासहित थप १ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।बुधबार थपिएका अधिकतम सङ्क्रमित वीरगञ्जस्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा भएको मास ट्रेसीङमा स्वाब जम्मा गराएका मध्ये छन् ।

थपिएका सङ्क्रमित मध्ये ७६ जना त्रिजुद्ध माध्यमिक विद्यालयमा भएको मास ट्रेसीङमा परिक्षण गराएका मध्ये रहेका छन् । त्यसैगरि वीरगञ्ज कारागारको कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये ३२ जना रहेका छन्  ।

 

 वीरगञ्ज चिनीमिलका ५ जना रहेका छन् । बारा जिल्लास्थित सिमराको क्वारेन्टिनमा बसेका मध्येपनि १७ जनामा कोरोना संक्रमण देखिएको छ । बाराका संक्रमितहरुको स्वाब सिमरा क्वारेन्टिनबाट संकलन गरेर वीरगन्ज परीक्षणको लागि आएको थियो ।

   
२६ महिलासहित थपिएका सङ्क्रमितहरु ८ वर्षदेखि ७२ वर्ष उमेर समुहका रहेको डा. निरज सिंहले बताउनु भयो । बुधबार थपिएका अधिकतम सङ्क्रमित वीरगञ्जस्थित त्रिजुद्ध माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका मध्ये छन् ।

 


थपिएका सङ्क्रमित मध्ये ७६ जना त्रिजुद्ध माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका मध्ये रहेका छन् । त्यसैगरि वीरगञ्ज कारागारको कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये ३२ जना रहेका छन् भने वीरगञ्ज चिनीमिलका ५ जना रहेका छन् । बारा जिल्लास्थित सिमराको क्वारेन्टिनमा बसेका मध्येपनि १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

सङ्क्रमित मध्ये ३ सशत्र प्रहरीका जवान, नेपाल प्रहरीका ६ जवान, २ नेपाली सैनिकसमेत रहेको डा. सिंहले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.