logo

ठोरीमा मानव बेचबिखनबारे अन्तरक्रिया, शंकास्पद गतिविधि देखिए सूचना दिन अध्यक्ष श्रेष्ठको अपिल

 इसीमाना सम्वाददाता     २०८० भदौ २० गते ०५: १५ मा प्रकाशित     1117   पटक पढिएको

ठोरी । ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले सूचना र प्रविधिका कारण मानव बेचबिखन तथा ओसार पसारको अपराधीक काम बढेको बताएका छन ।

 

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औ राष्ट्रिय दिवसको अवसरमा पर्साको ठोरी गाँउपालिकाको सभाकक्षमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन ।

 


मोबाइलबाट फेसबुक, मैसेन्जर, ह्वाटसअप, इमो लगायतका सामाजिक संजालको दुरुपयोगबाट मानव बेचबिखन तथा ओसारपसार घटना बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।


अध्यक्ष श्रेष्ठले मानव बेचबिखन बिदेशमा मात्र नभई देश भित्र पनि भइरहेको चर्चा गर्दै यस बिषयमा सचेत हुन सबैलाई अपिल गरे । उनले जनप्रतिनिधि र प्रहरीलाई सूचना उपलब्ध गराउन समेत आम नागरिकलाई आग्रह गरे । समाजमा शंकास्पद गतिविधि देखियो भने चुप लागेर होइन सूचना दिएर आफू नागरिक भएको दायित्व निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।


गाँउपालिकाले “सामाजिक न्याय र आर्थिक सशक्तिकरण , मानव बेचबिखनको निर्मुलन“ को नारा सहितको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा लालबहादुर श्रेष्ठको संयोजकत्वमा १३ सदस्सीय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन समेत गरिएको छ ।


गाँउपालिकाको सभा हलमा आयोजित कार्यक्रमको सभाध्यक्ष गोकुल कुमारी रेग्मीले गरेकी थिइन ।

कार्यक्रममा गाँउपालिकाका सामाजिक बिकास शाखाका प्रमुख धर्मराज थापाले प्रशिक्षण दिनुएका थिए । थापाले सामाजिक न्यायको पहुच, आर्थिक स्तरमा सुधार भए मानव बेचबिखनमा न्युनीकरण गर्न सकिने बताए । गरिबी, अशिक्षा र बेरोजगारीका कारण मानव बेचबिखनको जोखिम उच्च रहेका कारण सचेत रहन उनको आग्रह छ ।

कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थीहरु तथा संचारकर्मीहरुको सहभागिता थियो । कार्यक्रममा उनीहरुले समेत सल्लाह सुझाव दिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.