logo

सूचनाको भोक मेट्ने रेडियो प्रभावकारी माध्यम होः पूर्व महानगरप्रमुख सरावगी

 इसीमाना सम्वाददाता     २०८० भदौ २७ गते ०९: ५५ मा प्रकाशित     497   पटक पढिएको

वीरगन्ज । बीरगंज महानगरपालिकाका पूर्व प्रमुख बिजय कुमार सरावगीले आम नागरिकको सूचनाको भोक मेटने प्रभावकारी माध्यम रुपमा रेडियो नै रहेको बताएका छन ।

 

बुधबार साँझ होटल मकालुमा आयोजना गरिएको सामुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्जको आजीवन सदस्यता वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन ।

उनले रेडियो एफ.एमहरु मध्य सामुदायिक रेडियोहरुले समाज रुपान्तारणका लागि खेलेको भूमिका अझ अनुकरणीय रहेको बताए । सरावगीले सामुदायिक रेडियो अन्य व्यावसायिक रेडियो भन्दा फरक रहेको र यसले खेलेको प्रभावकारी भूमिकाले नै समाजमा पनिवर्तनहरु देखिएको बताए ।

 

उनले सञ्चार माध्यमहरु धेरै भएपनि जनताको न्याय र सुशासनको पाटोमा भने थोरैले मात्रै भूमिका खेल्ने गरेको उल्लेख गर्दै अहिले संघीयतापछि भए गरेका भ्रष्टाचार र अनियममितताको विरुद्ध सामुदायिक रेडियोले नै बोल्न सक्ने र बोल्नुपर्ने बताए ।

 

जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले संघीय संरचनापछि पनि आम मानसिकता र मिडियाहरुको मानसिकता यथास्थितिवादी नै रहेकोले त्यसको परिवर्तनका लागि सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको बताए ।

 

उहाँले संघीयतामा तीनै तहका सरकारहरुको अधिकार क्षेत्र, काम, कर्तव्य र अधिकारको विषयमा अझै नागरिकमा पुग्न नसकेकोले संघीयताको अभ्यासलाई जन जनमा पुग्ने गरी कार्यक्रमहरु आउनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछानेले सञ्चार मध्यमहरु मध्य अहिलेपनि रेडियो नै प्रभावकारी सूचनाको माध्यम भएको बताए । उनले अझै धेरै नागरिकको विश्वासिलो सूचनाको माध्यम भनेको रेडियो नै भएकोले सामुदायिक रेडियोले प्रवाह गर्ने सूचना अझ धेरै विश्वसनीय हुनुपर्नेमा जोड दिए ।

नेपाल चिकित्सक संघका उपाध्यक्ष डाक्टर निरज सिंहले नारायणी एफ।एमले हरेक क्षेत्र र विषयमा निरन्तर सूचना प्रवाह गर्दै आएको बताउदै आम नागरिक र श्रोताको अझ सशक्त माध्यम बन्नुपर्ने बताए ।

 

नारायणी एफ.एमका कार्यकारी अध्यक्ष गोविन्द दोवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा एफ.एम।का आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.