logo

उपचार नगर्ने अस्पताललाई  कारवाही गर्न नागरिक समाजका बिभिन्न सरोकार समुहको माँग

      8/8/2020 गते 00 00 मा प्रकाशित     1315   पटक पढिएको

 

बीरगंजका अस्पतालहरुले बिरामीलाई उपचार गर्न नमानेको घटना प्रति नागरिक समाजका बिभिन्न सरोकार समुहले आफनो चासो  देखाएका छन ।

 

उनीहरुले व्यक्तिको स्वास्थ्य सेवा प्राप्तिको अधिकार सूनिश्चित गर्न सरोकारवाला निकायलाई अपिल गरेका छन । 

 उपभोक्ता हित संरक्षण मंच प्रदेश २ का अध्यक्ष के.सी. लामिछाने, नेपाल मानव अधिकार संगठन, पर्साका निवर्तमान अध्यक्ष कमलमोहन पोखरेल र जवाफदेहिताका लागि युवा अभियान, पर्साका संयोजक शिवनाथ यादवले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै बिमारीलाई उपचार नगर्ने अस्पताल र   सम्बद्ध पदाधिकारीलाई जनस्वास्थ्य ऐन २०७५ कारवाही गर्न माँग गरेका छन । 

अन्य रोगका बिमारीलाई कोभिड अस्पताल बाहेकका अन्य अस्पतालमा निर्बाध रुपमा उपचार हुने गरी व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

 

कोरोना नियन्त्रण गर्न परिक्षणको दायरा बढाउन, सीमामा आवत जावत रोक्न, मापदण्ड अनुसार आवश्यक मात्रमा आइसोलेशन वार्ड र क्वारिन्टिन निर्माण गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

 

त्यसैगरि बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले एक बिज्ञप्ति जारी गरि  यही अवस्था दोहोरिरहे सडक आन्दोलनमा उत्रिन सबै वीरगञ्जबासीलाई आग्रह गर्नु भएको छ छ ।

 

राष्ट्रिय युवासंघ नेपाल पर्साका संयोजक मोहम्मद निजामुद्धिन, जनता समाजवादी पार्टीका युवा नेता ओमप्रकाश सर्राफ, इश्वर यादव, अनेरास्ववियूका केन्द्रीय सदस्य जुबेर आलम, अनेरास्ववियू पर्साका सह(संयोजक मित्रदेव यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव सुजित गिरी, नेविसंघ पर्साका कार्यवाहक अध्यक्ष विकेश पटेल, समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष एजाज बाबु राकीले पनि संयुक्त बिज्ञप्ति निकालेर युवाहरुले स्थानीय प्रशासनको बिरोधमा सडकमा उत्रिने चेतावनी दिएका छन् ।

 

उनीहरुले उपचार नगर्ने अस्पताललाई कारबाही गर्न स्थानीय प्रशासन चुकेको भन्दै अब स्थानीय प्रशासनकै बिरोधमा सडकमा उत्रनुको विकल्प नदेखिएको बताएका छन ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.