logo

बिरामीलाई उपचार नगरि फर्काउने अस्पतालहरुलाई कारवाही गर्न उपभोक्ता हित संरक्षण मंचको माँग

      8/8/2020 गते 00 00 मा प्रकाशित     1243   पटक पढिएको


उपभोक्ता हित संरक्षण मंच बीरगंज महानगर समितिले बीरगंजमा अस्पतालहरले बिरामीको उपचार गर्न नमानेकै कारण बिरामीले मृत्युवरण गर्नु परेको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

 


महानगर समितिका अध्यक्ष अजित भूजेलले आज एक बिज्ञप्ति जारी जिल्ला संकट ब्यवस्थापन केन्द्रले अस्पतालहरुलाई कुनै पनि बिरामीलाई उपचार नगरि नफर्काउन निर्देश गरेकै बेलामा अस्पतालहरुले बिरामी भर्ना गरेर उपचार गर्न नमान्दा तीन जनाको ज्यान जाने दुःखद अवस्था आएको बताउनु भएको छ ।

 

उहाँले अस्पतालहरुले उपचार गर्न नमानेका कारण अकालमै ज्यान गुमाउनेहरुका परिवारलाई उचित क्षतीपूर्तीको ब्यवस्था मिलाउन स्थानीय प्रशासन संग जोडदार माँग गर्दछौ । 

 


अस्पतालहरुले बिरामीको उपचारकोलागि खडा गरेको संरचनाहरु उपचारमा प्रयोग नहुने हो भने अस्पताल संचालनका बेलामा ब्यक्त गरेको प्रतिवद्धता बिपरित भएको भन्दै मंचले नेपालको संविधानले प्रत्येक नागरिकलाइ राज्यबाट आधारभुत स्वास्थ सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाइ पनि आकस्मिक स्वास्थ सेवाबाट बन्चित नगरिने ग्यारेन्टी गरेको कुरालाई स्मरण गर्न आग्रह गरेको छ ।

 

जनस्वास्थ सेवा ऐन २०७५ को दफा ३,४ र ५ ले प्रत्येक नागरिकलाइ गुणस्तरिय स्वास्थ सेवा सहज र सर्वसुलभ रुपमा प्राप्त गर्ने अधिकार हुने र कुनै पनि नागरिकलाइ स्वास्थ सेवाबाट वन्चित नगरिने व्यवस्था गरी, आकस्मिक उपचार गर्न इन्कार गर्ने लाइ सजाय समेत हुने व्यवस्था गरेको तर्फ सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चहान्छौ बिज्ञप्तिमा उल्लेख छ । 

विमारीलाइ अस्पताल भर्ना गरी स्वास्थ सेवा लगायत आकस्मिक उपचार प्रदान गर्न इन्कार गर्ने अस्पताल र सम्बद्ध पदाधिकारीलाइ सजाय हुने गरी जनस्वास्थ ऐन २०७५ बमोजिम तत्कालै कारवाही अगाडी बढाउन समेत मंचले माँग गरेको छ। 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.