logo

घाँटी रेटि महिलाको हत्या ,अनुसन्धान जारी, नतिजा चाडै आउने प्रहरीको बिश्वास

 इसीमाना सम्वाददाता     २०८० असोज ३ गते ०७: ४३ मा प्रकाशित     649   पटक पढिएको

वीरगञ्ज । जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीमा ४० वर्षीया कान्ति देवी मुखिया बिन हत्या भएको छ । उनको आफ्नै घरमा मंगलबार साँझ घाँटी रेटि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

उनको शव अर्धनग्न अवस्थामै रहेको घटना प्रकृति मुचुलकामा उल्लेख छ ।बिनको टाउँकोमा चोट लागेको पाइएको छ । घटनास्थलबाट भने एउटा बाँसको भाटा पनि भेटिएको छ । त्यही भाटाले उनलाई प्रहार गरी हत्या गरिएको अनुमान प्रहरीको छ ।

दुई छोरा र ३ छोरीकी आमा हुन् बिन । जसमध्ये सबै छोरीहरूको विवाह भइसकेको छ । दुबै छोरा रोजगारीको सिलसिलामा बाहिर रहेका छन । एक जना विदेशमा र अर्को हेटौँडा बस्दै आएका छन । मंगलवार मात्रै बीरगंजको छपकैयामा फेला परेको शवको बारेमा सखानत हुन नसकेको प्रहरीको भनाई छ ।

 

घटनाको समय र प्रकृति एउटै भएकोले हत्याको अनुसन्धान पेचिलो बेनेको छ । यद्धपी एउटै समय र प्रकृतिको घटना भएको प्रश्न तेर्सिए पनि २ वटै घटनाबीच आपसी सम्बन्ध नरहेको पर्सा प्रहरीको स्पाष्टोक्ती छ ।

 

प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले भने,‘समय र प्रकृति एउटै भएपनि त्यो संयोग मात्रै हो, कहिलेकाँही यस्तो हुन्छ । अनुसन्धान जारी छ चाँडै नतिजा पनि आउँछ ।’हत्याका घटनाका कारण कानूनी ब्यवस्थालाई भने गम्भिर चुनौती थपिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.