logo

कार्यपालिका सदस्यको निधनमा श्रद्धाञ्जली ब्यक्त गर्न पर्सागढी नगरपालिकामा सार्वजनीक बिदा

 इसीमाना सम्वाददाता     २०८० असोज ६ गते ०६: २७ मा प्रकाशित     900   पटक पढिएको

पर्सागढी । पर्सागढी नगरपालिकाले आफनो एक जना सदस्यको देहान्त भएको शोकमा एक दिन बिदा दिने भएको छ ।


पर्साको पर्सागढी नगरपालिका वडा नं। ७ कि निर्वाचित वडा सदस्य फुलमतिया देवि चमईनको ४५ बर्षको उमेरमा निधन भएको हो ।

 

नगरपालिकाले आइतवार नगरपालिका क्षेत्र भित्र बिदाको घोषणा गरेको छ । पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले एक शोक बिज्ञप्ति जारी गर्दै नगरपालिका कार्यालय, सम्पुर्ण वडा कार्यालयहरु र नगरभित्र रहेका स्वास्थ्य सस्था, सम्पुर्ण सामुदायिक तथा सस्थागत विद्यालयहरुमा शोक बिदा गर्ने निर्णय गरिएको जनाएका छन ।

चमईन नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा सदस्य थिइन । उनको पार्थिक शरीरमा नेपाली काङ्ग्रेस मधेस प्रदेश कमिटी सदस्य तथा पुर्व नगरप्रमुख लोकनारायण यादव, वडा न ७ का वडा अध्यक्ष शंकर रायभर, नेपाली काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष बिनोद ठाकुर, नगर उपसभापति अछेलाल यादव, वडा सभापति शम्भु पटेल लगायतले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गरेका छन ।

यसैवीच बारामा शनिवार बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टांगिया बस्ती जाने सड्कमा नाम थर वतन नखुलेका करिब ५५ बर्षिय एक पुरुषको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।


मानिस मृत्यु भएको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा खटेको टोलीले जंगली हात्तीले आक्रमण गरेको, शरिरमा हात्तीले लछारेको जस्तो देखिएको अबस्थामा लास फेला परेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।शबलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया बारा पठाईएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.