logo

लागु औषध सहित मकवानपुरका राई पक्राउ, भंसार छलीको सामान रहेको मालवाहक ट्रक राजस्व चलान

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २१ गते ०४: ०० मा प्रकाशित     655   पटक पढिएको

वीरगञ्ज । प्रहरीले प्रतिबन्धित लागुऔषध मकवानपुर जिल्ला मनिहारी गाउँपालिका वडा नं ६ बस्ने ४० वर्षीय कृष्ण बहादुर राईलाई पक्राउ गरेको छ ।


मंगलवार मध्यान्ह १२ बजे भारतबाट वीरगञ्जतर्फ शंकास्पदरुपले पैदल हिडिँरहेका राईलाई वीरगञ्ज १६ रजतजयन्ती चोकबाट पक्राउ गरेको हो ।


लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उनी पक्राउ परेका हुन । कालो प्लाष्टिकको झोलाभित्र प्रतिबन्धित लागुऔषध भेटिएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।


उनको साथबाट लागुऔषध नाईट्राभेट ३५ पत्तामा ५ सय २५ वटा ट्याब्लेट बरामद गरिएको प्रहरी जनायो । पक्राउ परेका राईविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता थापाले बताए ।

 

यसैगरि पर्सा प्रहरीले बिलबिजक भन्दा बढी खुद्रा सामाग्री लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट ना.३ ख ६९९ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

 

भन्सार छलीका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट सिराहातर्फ गईरहेको सूचनाको आधारमा वडा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ट्रक नियन्त्रणमा लिएको थियो । मंगलवार दिउँसो १ बजे ट्रक रोकेर चेकजाँच गर्दा विल बिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको पर्साका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।


ट्रकमा १७ लाख ५४ हजार २८७ रुपैयाँ बराबरको खुद्रा सामाग्रीहरू फेला परेको उनले बताए । बरामद गरिएको सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.