logo

भुवनेश्वर प्रविधि पुरस्कार बीरगंजको हस्क पावर नेपाल प्रा.ली.लाई

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २४ गते ०६: ०८ मा प्रकाशित     838   पटक पढिएको

काठमाण्डौ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले दुई दर्जनभन्दा बढीलाई विभिन्न विधामा पुरस्कृत गर्ने निर्णय गरेको छ । नास्टका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको ४६औं प्राज्ञसभा बैठकले २०७९ र २०८०का लागि पुरस्कार पाउने व्यक्तिहरूको नामावाली सार्वजनिक गरेको हो ।

जस अनुसार २०७९ को लागि २ लाख राशीको प्रकृति संरक्षण पुरस्कार

पंक्षी संरक्षण संघ, लाजिम्पाट, काठमाडौंलाई, २ लाख राशीको कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार आयुर्वेद चिकित्सालय, नरदेवी, काठमाडौंलाई, १ लाख राशीको विज्ञान पुरस्कार डा.नबल श्रेष्ठ, विराटनगरलाई, १ लाख राशीको प्रविधि पुरस्कार डा. बालकृष्ण बल, भोजपुरलाई, ७५ हजारको राशीको विज्ञान तथा प्रविधि युवा पुरस्कार ३ जनालाई क्रमशः डा. सुप्रिया शर्मा, माइक्रोबायोलोजी केन्द्रीय विभाग, त्रि.वि.वि.लाई, डा. देवराज अधिकारी, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहर भवनलाई र डा. मुक्तिराम पौडेल, केन्द्रीय वनस्पति विभाग, त्रि.वि.वि. लाई प्रदान गरिने निर्णय भएको नास्टले जनाएको छ ।

सभाले ७५ हजार राशीको महिला विज्ञान तथा प्रविधि पुरस्कार डा. शान्ता पोखरेल, त्रिचन्द्र क्याम्पस, त्रि.वि.वि लाई, ५० हजार राशीको प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार डा. भूपेन्द्र दास, सप्तरीलाई र डा गोकर्ण जंग थापा, धनुषालाई, ५० हजार राशीको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार अतुल मिश्र, कान्तिपुर दैनिकलाई, जनही ७५ हजार राशीको विज्ञान शिक्षक पुरस्कार सात वटै प्रदेशका क्रमशः दामोदर सिग्द्येल, मोरंग, बद्री नारायण झा, बारा, मुकुन्द प्रसाद काफ्ले, काठमाडौं, शेखरनाथ शर्मा पौडेल, कास्की, डिला राय खनाल, रुपन्देही, भीम बहादुर बि.क., जुम्ला, केशवराज विष्ट, दार्चुलालाई प्रदान गर्ने निर्णय गरेको छ ।

सभाले उत्कृष्ट विद्यार्थी पुरस्कार जनही २५ हजारका दरले प्रत्येक प्रदेशका १ जना छात्र र १ जना छात्रा गरी १५ जनालाई, जनही २५ हजार राशीको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सुशिला कँडेल, बाग्लुंग र प्रदीप ढुंगानालाई, यस्तै ५० हजार राशीको फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार भवानी पाण्डे, कैलालीलाई प्रदान गर्ने निर्णय भएको छ ।

१ लाख राशीको काजी इन्द्र कटुवाल कृषि पुरस्कार डा.शैलेन्द्र खत्री, ललितपुरलाई र १ लाख ५० हजार राशीको गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार डा. राजु अधिकारी, अष्टे्र्लियालाई प्रदान गर्ने निर्णय भएको छ ।

२०८० सालमा प्रदान गरिने पुरस्कार

सभाले २०८० सालमा प्रदान गरिने पुरस्कारहरु अन्तर्गत २५ हजार राशीको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सुमन प्रकाश प्रधान र मनिता स्याउलालाई, ५० हजार राशीको फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार शिशिर शर्मालाई, २५ हजार राशीको मोहन ध्वज बस्नेत प्रज्ञा पुरस्कार सिमा कुमारी गुप्ता, हस्क पावर नेपाल प्रा.लि.बीरगन्जलाई,कम्पनीले धुवाँरहित चुल्होको उत्पादन गर्दै आएको छ । उर्जाको बचत र पर्यावरणमैत्री चुल्हो उत्पादन गरेर अनुसन्धानमा योगदान पुर्याएकोले कम्पनी पुरस्कृत भएको हो ।


२५ हजार राशीको भुवनेश्वर प्रविधि पुरस्कार, सुमन अर्याल, सूर्य किरण फाइबर इन्डस्ट्र्जि प्रा. लि. चितवनलाई, २५ हजार राशीको जीत बहादुर नकर्मी धातु प्रविधि पुरस्कार राजन शाक्य, ललितपुरलाई प्रदान गर्ने निर्णय भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.