logo

लायन्स क्लब नोर्थद्वारा पर्सामा प्रहरीलाई सुरक्षा समाग्री हस्तान्तरण

      8/23/2020 गते 00 00 मा प्रकाशित     1110   पटक पढिएको

कोरोना भाइरसको संक्रमणको “हटस्पट” बनेको बीरगंजमा फिल्डमा खटिरहने प्रहरीलाई सामाजिक संस्थाहरुले सुरक्षा सामाग्री उपलब्ध गराएका छन । 

लायन्स क्लब अफ वीरगञ्ज नोर्थले जिल्ला प्रहरी कार्यालय पर्सालाइ यस्तो  सामाग्री उपलब्ध गराएको हो । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

 

निषेधाज्ञा प्रभावकारी बनाउने , यही वीचमा परिक्षण तिब्र पारेर  संक्रमीतहरुलाई आइसोलेट गर्नु पर्ने काम छ । यो काम प्रभावकारी बनाउन स्थानीय प्रशासनलाई पनि समस्या छ । हरेक दिन जसो सार्वजनीक हुने प्रयोगशालाको रिपोर्टमा केही चिकित्सक,स्वास्थयकर्मी ,सुरक्षाकर्मी समेत संक्रमीत पुष्टि भएका खवरहरु आइरहेका हुन्छन ।

 

 नागरिक सुरक्षाको काममा खटिरहदा आफू कतिखेर काहाँ संक्रमीत हुने भन्ने थाहा नपाउने भएपनि कामबाट अलग हुन पाउने अवस्था छैन । त्यसमाथि शान्ति सुरक्षाको पनि जिम्मा भएको प्रहरीका अगाडि कर्तब्य बाहेक अर्को बाटो नै छैन ।

 

ज्यान जोखिममा राखेर काम गरिरहेका प्रहरी कर्मचारीकालागि थोरै भएपनि सुरक्षा सामाग्री उपलब्ध गराउन लायन्स क्लब नोर्थ अगाडि आएको  अध्यक्ष संजय अग्रवालले बताउनु भयो । 


महामारीको बिरुद्ध अग्रपंक्तिमा रहेर हामी नागरिकको रक्षाकालागि काम गर्ने प्रहरीलाई यो लाग्नु पर्छ की समाजले हामीलाई पनि हौसला दिदै छ  ।

 

क्लबका अध्यक्ष अग्रवालले समाजका केही क्षेत्रबाट यस्तै सहयोगी भावनाले काम गर्दा मात्र उहाँहरुको मनोवल पनि बढने बताउनु भयो । समाजले हाम्रोकामलाई प्रसंशा गरेको छ भन्ने काम गर्नेलाई लाग्नु पर्छ  अध्यक्ष अग्रवालले भन्नु भयो “हामीले केही सुरक्षाकालागि आवश्यक समाग्री उपलब्ध गराएर तपाईहरुले गर्नु भएको काम राम्रो छ भन्न खोजेका हौ ।

 

क्लबले  पानी तताउने विद्युतिय केत्ली ३६ थान, स्टेम भेपर ४५ थान, फेस सिल्ड १ सय ६० पिस, ५ थान ओक्सिमिटर, १० थान थर्मोमिटर, २५ कार्टुन पानी लगायतका अन्य सामाग्री उपलब्ध गराएको छ ।

 

संस्थाका अध्यक्ष सन्जय अग्रवाल र पुर्व अध्यक्ष गोविन्द साहले सामाग्री  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक गौतम थापालाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.