logo

लायन्स क्लब नोर्थद्वारा पर्सामा प्रहरीलाई सुरक्षा समाग्री हस्तान्तरण

      8/23/2020 गते 00 00 मा प्रकाशित     1235   पटक पढिएको

कोरोना भाइरसको संक्रमणको “हटस्पट” बनेको बीरगंजमा फिल्डमा खटिरहने प्रहरीलाई सामाजिक संस्थाहरुले सुरक्षा सामाग्री उपलब्ध गराएका छन । 

लायन्स क्लब अफ वीरगञ्ज नोर्थले जिल्ला प्रहरी कार्यालय पर्सालाइ यस्तो  सामाग्री उपलब्ध गराएको हो । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

 

निषेधाज्ञा प्रभावकारी बनाउने , यही वीचमा परिक्षण तिब्र पारेर  संक्रमीतहरुलाई आइसोलेट गर्नु पर्ने काम छ । यो काम प्रभावकारी बनाउन स्थानीय प्रशासनलाई पनि समस्या छ । हरेक दिन जसो सार्वजनीक हुने प्रयोगशालाको रिपोर्टमा केही चिकित्सक,स्वास्थयकर्मी ,सुरक्षाकर्मी समेत संक्रमीत पुष्टि भएका खवरहरु आइरहेका हुन्छन ।

 

 नागरिक सुरक्षाको काममा खटिरहदा आफू कतिखेर काहाँ संक्रमीत हुने भन्ने थाहा नपाउने भएपनि कामबाट अलग हुन पाउने अवस्था छैन । त्यसमाथि शान्ति सुरक्षाको पनि जिम्मा भएको प्रहरीका अगाडि कर्तब्य बाहेक अर्को बाटो नै छैन ।

 

ज्यान जोखिममा राखेर काम गरिरहेका प्रहरी कर्मचारीकालागि थोरै भएपनि सुरक्षा सामाग्री उपलब्ध गराउन लायन्स क्लब नोर्थ अगाडि आएको  अध्यक्ष संजय अग्रवालले बताउनु भयो । 


महामारीको बिरुद्ध अग्रपंक्तिमा रहेर हामी नागरिकको रक्षाकालागि काम गर्ने प्रहरीलाई यो लाग्नु पर्छ की समाजले हामीलाई पनि हौसला दिदै छ  ।

 

क्लबका अध्यक्ष अग्रवालले समाजका केही क्षेत्रबाट यस्तै सहयोगी भावनाले काम गर्दा मात्र उहाँहरुको मनोवल पनि बढने बताउनु भयो । समाजले हाम्रोकामलाई प्रसंशा गरेको छ भन्ने काम गर्नेलाई लाग्नु पर्छ  अध्यक्ष अग्रवालले भन्नु भयो “हामीले केही सुरक्षाकालागि आवश्यक समाग्री उपलब्ध गराएर तपाईहरुले गर्नु भएको काम राम्रो छ भन्न खोजेका हौ ।

 

क्लबले  पानी तताउने विद्युतिय केत्ली ३६ थान, स्टेम भेपर ४५ थान, फेस सिल्ड १ सय ६० पिस, ५ थान ओक्सिमिटर, १० थान थर्मोमिटर, २५ कार्टुन पानी लगायतका अन्य सामाग्री उपलब्ध गराएको छ ।

 

संस्थाका अध्यक्ष सन्जय अग्रवाल र पुर्व अध्यक्ष गोविन्द साहले सामाग्री  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक गौतम थापालाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.