logo

एफ.एम.लाई नै आइसोलेशन बनाएर प्रसारणलाई निरन्तरता, सञ्चारकर्मीहरुको प्रसंशा 

      8/25/2020 गते 00 00 मा प्रकाशित     1233   पटक पढिएको

 वीरगन्जबाट प्रसारण हुने एक रेडियोले स्टेशनमै आईशोलेसन बनाएर एफ.एम.प्रसारणलाई निरन्तरता दिएको छ । मध्य तराईको पहिलो सामुदायिक रेडियो नारायणी एफ.एम. १०३.८ मेगाहर्जका सञ्चारकर्मी, कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि एफ.एम. स्टेशनलाई नै आईशोलेसन बनाएर प्रसारणलाई निरन्तरता दिएको हो ।

 

 रेडियोले  संक्रमित आफ्ना सञ्चारकर्मी तथा कर्मचारीलाई स्टेशनमै आईशोलेसन बनाएर प्रसारणलाई पनि निरन्तरता दिएको हो । कार्यक्षेत्रमा कार्यरत रहेको अवस्थामा सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जका कार्यरत स्टेशन प्रमुख सहित ७ जना रेडियोकर्मी संक्रमित भएका थिए । रेडियोका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा अनुसार गत साउन १८ गते स्टेशन प्रमुख संक्रमित भएका थिए ।

 

उनी साउन १९ गते नै कोभिड अस्थायी अस्पताल हेल्थकेयरमा भर्ना भई १२ दिन पछि उनी कोरोना मुक्त भएर साउन ३० गते घर फर्किए । साउन २८ गते रेडियोका ५ जनाको परीक्षण गराउदा एकजना प्राविधिकलाई संक्रमण देखियो । अरु चार जनाको नेगेटिभ आएको थियो ।

 

त्यसपछि भदौ ४ गते गरिएको परीक्षणमा पाँचजनामा संक्रमण देखियो । अहिले ७ जना सञ्चारकर्मी, कर्मचारीहरु आइसोलेसनमा छन । “संक्रमित सवै साथीहरुलाई स्थानीय प्रशासनले फोन गरेर कोभिड अस्पतालमा लैजाने तयारी गरेपछि रेडियो वन्द हुने भयो यस्तो अवस्था आएपछि  तनावमा थिए रेडियोका अध्यक्ष देवकोटोले भन्नु भयो  रेडियोमा कार्यरत रहेको अवस्थामा संक्रमित भएपछि केही दिन अघिमात्र नेगेटिभ रिर्पोट आएका तीनजना साथिहरु समेत होम क्वारेन्टिनमा वस्नु प¥यो ।  नागरिकलाई पलपलमा सूचनाको खाँचो छ ।

 

यस्तो अप्ठारो स्थितिमा संक्रमण भएका पाँच जना साथीहरुले रेडियोमा आइसोलेशन वनाएर वस्ने र रेडियो संचालन गर्ने निर्णयमा पुग्नु भयो देवकोटाले भन्नु भयो  । मलाई उहाँहरुको भूमिकाप्रति गर्व महशुस भएको छ देवकोटाले भन्नु भयो “ उहाँले देखाउनु भएको साहस र हौसला प्रति नमन गर्न चाहन्छु ।”

 

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का महासचिव समेत रहनु भएका एफएमका कार्यकारी अध्यक्ष देवकोटाले  “नेपालमा पहिलो पटक संक्रमितहरुले रेडियोमा रहेर नागरिकलाई सुचना दिने काम गर्नुभएको छ  र सामुदायिक रेडियोको मुल मर्म नै यहि हो ।

 

आफू जोखिममा रहेको अवस्थामा पनि संकटपूर्ण स्थितिमा रहेको समुदायलाई सुचना दिन वन्द गरिएन ।” सामुदायिक रेडियोहरुको भूमिका नै फरक रहेकोले समाजलाई सूचनाबाट बञ्चित हुन नदिनका लागि पनि स्टेशनलाई नै आईशोलेसन बनाएर प्रसारणलाई निरन्तरता दिनु समाजप्रतिको जिम्मेवारी भएको बताउनु भयो  । ८ जना सञ्चारकर्मी, कर्मचारीहरु अझै होम क्वारेन्टिनमा बसेका छन् ।

 

यस्तो जटिल परिस्थितिको सामाना गर्दै आइसोलेसनमा रहेका र होम क्वारेन्टिनमा रहेकाहरुले पनि रेडियोमा समाचार वनाएर पठाएको उहाँले बताउनु भयो । अहिले रेडियोको आइसोलेसनमा लेखा प्रशासन प्रमुख सहित दुई जना प्राविधिक, एकजना कार्यालय सहयोगी र समाचारमा शिवनाथ यादव रहेको उहाँले बताउनु भयो ।

 

गत भदौ ४ गते रेडियोमा कार्यरत मध्ये ६ जनाले परिक्षण गराउदा ५ जना संक्रमितको सूचिमा परेका थिए । संक्रमित भएपनि स्टेशन प्रमुख देखी सबैले खेलेको भूमिका प्रति एफएम संचालक समितिको तर्फबाट धन्यवाद व्यक्त गरेका छन । स्वंयम जोखिममा रहेर पनि संकटको घडीमा नागरिकलाई सूचना पुराउने काममा खेलेको भूमिका सदैव गर्व गर्न लायकको रहेको उनको भनाई छ ।

 

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहानले नारायणी एफएम र कार्यरत सञ्चारकर्मीहरुले खेलेको भूमिका समाजप्रतिको जिम्मेवारी र आफ्नो पेशाप्रतिको समपर्ण रहेको बताउनु भएको छ  । उहाँले भन्नुभयो , “आपूm संक्रमित भएर पनि समाजका लागि निरन्तर सूचना प्रवाह गर्न तल्लिन रहने रेडियो र रेडियोका सञ्चारकर्मीहरुको भूमिका अतुलनीय छ । यो शब्दमा वर्णन गर्नै नसकिने खालको छ । एफएमका सञ्चारकर्मीहरु पूज्यनीय छन् ।”  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.