logo

सहकर्मी बलात्कार प्रयासको आरोप लागेका पोखरिया नगरपालिकाका सफाई कर्मचारी हजरा फरार

 इसीमाना सम्वाददाता     २०८० पौष १ गते ०२: ५७ मा प्रकाशित     595   पटक पढिएको

पोखरिया । सहकर्मी बलात्कार प्रयासको आरोप लागेका पोखरिया नगरपालिकाका सफाई शाखाका नाइके रामवली हजरा फरार भएका छन ।

 

उनी बिरुद्ध कार्यालयमै कार्यकरत महिला कर्मचारीले जर्ववस्ती करणीको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी दिएपछि उनी फरार भएका हुन । हजार बिरुद्ध बलात्कार प्रयास गरेको भन्दै प्रहरीले उजुरी दर्ता गरेर अनुसन्धान शुरु गरेको प्रहरी नीरिक्षक मोहन बिक्रम के.सी.ले जानकारी दिए ।


पीडित महिला र उनको श्रीमानले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय पोखरियाले जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेको के.सी.ले बताए ।
पीडित महिलाबाट जाहेरी प्राप्त भएलगत्तै मुद्दा दर्ता गरेर पीडिक हजरालाई खोज्न टोली खटाइसकेको छ ।

प्रहरीका अनुसार मुद्दा दर्ता भएपछि पीडक फरार भएका छन् ।

गएको शुक्रवार राती हजराले महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेका थिए । सफाई शाखाका कर्मचारी बिनोद पाण्डेले ति महिला कर्मचारीलाई राती नौ बजेको समयमा कार्यालयमा बोलाएका थिए । रातको समयमा कार्यालमाय आउन आनाकानी गरेपछि श्रीमानको जागीर खाईदिने धम्की दिइएको पीडित महिलाका आफन्तले बताए । धम्की दिएका कारण कार्यालय गएकी ति महिलालाई हजराले माथिललो कोठाको सफाई गर्ने बाहनामा माथि लगी बलात्कार प्रयास गरेका थिए ।

यसैवीच पोखरिया नगरपालिकाले पनि घटना भएपछि यसको वास्तविकताको छानविन गर्ने बताएको छ । आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै नगरपालिकाले छानविन समिति गठन गरेर वास्तविक कुरा बाहिर ल्याउनु जनाएको छ । नगरपालिकाले पत्रकार सम्मेलनमा भनेको छ– जोसुकै दोषी देखिए त्यसलाई कानुनी दायरामा ल्याउने छौं ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.