logo

बीरगंज महानगर र पोखरियालाई कारवाही गर्ने अर्थमंत्रालयको चेतावनी,भौतीक संरचना निर्माणको काम रोक्न निर्देशन

 इसीमाना सम्वाददाता     २०८० पौष १ गते ०४: ३५ मा प्रकाशित     585   पटक पढिएको

वीरगन्ज । अर्थमंत्रालयले बीरगंज महानगरपालिका र पोखरिया नगरपालिकालाई कारवाहीको चेतावनी दिएको छ । बीरगंज महानगरपालिकाले बीरगंंज चीनीमिलमा र पोखरिया नगरपालिकाले पोखरिया बजारमा रहेको सार्वजनीक जग्गामा अनुमती बिना निर्माण कार्य गरेकोले कारवाहीको चेतावनी दिएको हो ।

 

बीरगंज महानगरले बीरगंज चीनीमिलमा शिब भगवानको मूर्ती बनाएको छ भने पोखरिया नगरपालिकाले घण्टाघर बनाउने तयारी गरेको छ । अर्थमंत्रालयले
वीरगन्ज चिनी कारखानाको जग्गामा अनुमतिबिना संरचना निर्माणको काम रोक्न अर्थ मन्त्रालयले पर्साका दुइटा स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयले मंसिर २२ मा कारखानाको जग्गामा भइरहेको निर्माण कार्य तथा अतिक्रमण रोक्न वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकालाई निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले स्थायी निर्माण कार्य नरोकिए स्थानीय प्रशासन ऐन बमोजिम कारबाहीको चेतावनी समेत दिएको छ । गत मंसिर २० मा कारखानाको जग्गामा भइरहेको निर्माण रोक्न, अतिक्रमण हुन नदिन गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय पर्सालाई र संघीय मामिला तथा सामान्य मन्त्रालायमार्फत वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकालाई निर्देशन दिने निर्णय गरेको मन्त्रालयका शाखा अधिृकत तोयानाथ सापकोटाद्वारा हस्ताक्षर पत्रमा उल्लेख छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि यस सम्बन्धमा आवश्यक पहल गर्न समेत निर्णय गरेको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालय वीरगन्जबाट संरक्षण तथा रेखदेख हुँदै आएको वीरगन्ज चिनी कारखानाको क्षेत्रभित्र रहेको जमिनमा वीरगन्ज महानगरपालिकाले शिवको मूर्ति स्थापना र पुरानो मन्दिर सौन्दर्यीकरणको काम गरिरहेको छ ।

यसैगरी चिनी कारखानाकै पोखरिया नगरपालिकाको पोखरिया बजारमा रहेको डेढ कठ्ठा जग्गामा ६ वटा सटरसहितको घरका सम्बन्धमा समेत पोखरिया नगरपालिका तथा स्थानीय बीच पटक÷पटक विवाद भइरहेकोले ऊक्त अतिक्रमण तथा निर्माण कार्य रोक्न कोष तथा लेखा नियन्त्रक कार्यालयबाट पहल भए पनि स्थायी समाधान निस्किएको छैन ।

उक्त जग्गामा पोखरिया नगरपालिकाको बोर्डले पर्यटन प्रबर्द्धनका लागि घन्टाघर निर्माण गर्ने निर्णय गरेको छ । स्थानीय स्तरमा समाधान हुने नदेखिएपछि कोष तथा लेखा नियन्क्रक कार्यालयले गत मंसिर १४ मा अतिक्रमण तथा निर्माण कार्य रोक्न लगाई कारखानाको सम्पत्ति संरक्षणका लागि मन्त्रालायलाई पत्राचार गरेको थियो ।

अर्थ मन्त्रालयको पत्रमा ‘स्थानीय प्रशासन ऐन २०२८ को दफा ५९५० मा जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने काम, कर्तव्य र अधिकार प्रमुख जिल्ला अधिकारीको भएको साथै सार्वजनिक जग्गा नेपाल सरकारको पूर्व स्वीकृति नलिई कसैले आवाद गर्न वा आवाद गर्ने अनुमति दिनु हुँदैन,’ उल्लेख छ ।

आवाद गरेमा वा गर्न अनुमति दिएमा सो गर्ने वा अनुमति दिने व्यक्तिलाई विगो बमोजिम जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको पत्रमार्फत जनाइएको छ । त्यसैगरी गाउँपालिका तथा नगरपालिकालाई पालिका क्षेत्रभित्रको सम्पत्तिको संरक्षण रेखदेख तथा अन्य प्रबन्ध गर्ने जिम्मेवारी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ मा उल्लेख गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.