logo

कृपा दैनीकको २१ औं बार्षिकोत्सव सम्पन्न, ठाकुर, महत र पोख्रेल पुरस्कृत

 इसीमाना सम्वाददाता     २०८० फागुन ५ गते १०: ४४ मा प्रकाशित     774   पटक पढिएको

निजगढ । निजगढ,बाराको निजगढमा कृपा दैनिक पत्रिकाले शनिबार एक बिशेष कार्यक्रमको आयोजना गरी २१ औं बार्षिकोत्सव मनाएको छ ।

 

प्रेस काउन्सीलमा अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आथित्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कृपा दैनिक पत्रिकाले स्थापना गरेको दुई पुरस्कार उमादेवी स्मृति पत्रकारिता पुरस्कारबाट रौतहटका पत्रकार फणी महत र सर्लाहीका पत्रकार ओम प्रकाश ठाकुर पुरस्कृत भए ।

 

चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार बाराकी पत्रकार शारदा पोखरेललाई प्रदान गरिएको छ ।


कार्यक्रममा पुरस्कार राशी प्राप्त गर्ने सर्लाहीका पत्रकार ओमप्रकाश ठाकुरले अर्का पत्रकार अन्नपूूर्ण पोष्टका रौतहट सम्वाददाता उपचाररत फणिदेव महतलाई हस्तान्तरण गरेर मित्रताको अनुपम उदाहरण प्रस्तुत गरे ।

 

ठाकुरको यो काम पून्यको काम भएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीले बताए । कार्यक्रममा राकेश पाण्डेय, पुष्प खतिवडा र महेश्वर अधिकारीलाई पृपा दैनीकले सम्मान गरेको थियो ।


कार्यक्रममा नेकपा एमालेका पोलिट ब्यूरो सदस्य एवं प्रतिनिधि सभाका सदस्य अच्यूत मैनाली, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाई, निजगठ नगरपालिकाका प्रमुख सुरथ पुरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, रुद्र धिताल , नेकपा माओवादी केन्द्रका सन्तोष दंगाल नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी , समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य जितलाल श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सम्पादक गोकुल घोरसाइनेको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाशक कमल उपाध्यायले स्वागत र कृष्णउदास खनालले कार्यक्रमको संचालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.