logo

बीरगंजमा कर्फ्यू, सर्वत्र चिन्ता, संयमता अपनाउन सबैमा अपिल

 इसीमाना सम्वाददाता     २०८० फागुन ७ गते ०९: ३६ मा प्रकाशित     440   पटक पढिएको

बीरगंज । रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा टोलमा सरस्वतीको मूर्ती सेलाउने बिषयमा उतपपन समस्या समाधान भएको छ ।


ईशनाथ नगरपालिकाको ७ ७ घिउरा टोलमा हिन्दु तथा मुस्लिम समुदायले आफ्नो धर्म, संस्कृति वा पर्व मनाउदा सार्वजनिक बाटो वा सार्वजनिक स्थान प्रयोग गर्दा त्यसमा कसैले बिरोध गर्यो भन्ने त्यसलाई कडाभन्दा कडा कार्वाही कानुन बमोजिमको हुनेमा दुबै समाजका अगुवाले सहमती जनाएका छन ।

 

दुबै समाजका अगुवाले फाल्गुन ५ गतेका दिन सशस्त्र बेस क्याम्प रामपुरखापमा बसेर गरेको सर्वदलीय निर्णयलाई पुनः मान्ने गरि त्यसमै सहमति कायम गरेको हुन ।

 

सहमती पछि बाजागाजाका साथ ४ दिनदेखि सडकमै राखिएको सरस्वती माताको मुर्ति गाउँको बिचको बाटो भएर पोखरीमा लगिएर सेलाइएको छ ।सहमतीको बिपरित जाने जो सुकैलाई आउने दिनमा सहमती अनुसार कारवाही गरिने प्रतिवद्धता दुबै समाजले जाहेर गरेपछि समस्याको हल भएको हो ।

 

घिउरा टोलमा भएको घटनाको बिरोधमा हिन्दु समाजले बीरगंजमा प्रर्दशन गर्दा कर्फ्यू लाग्ने अवस्थाको सृजना भएपछि समाजका बिभिन्न सरोकार समुह र बुद्धिजीवीहरुले निकै चिन्ता ब्यक्त गर्दै उनीहरुले समाजिक संजाल मार्फत हान्ति र सदभावकालागि अपिल गरेका छन ।

 

बीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले आफनो फेसबुक पेजमार्फत सबैलाई सदभाव कायम राख्न अपिल गरेका छन ।उनले सदभाव बिगार्ने जुनसुकै पक्षको भएपनि त्यसको बारेमा प्रशासनलाई जानकारी दिन समेत आग्रह गरेका छन ।

अधिवक्ता रामेश्वर सेढाईले कवितात्मक शैलीमा लेखेका छन
धर्म र राजनीति
मिसिएको छ
यसबाट समाज
पिसिएको छ
सद्भावको दियो जलाऔँ
शान्ति र भाइचारा बढाऔँ ”


त्यस्तै नेकपा माओवादी केन्द्रका युवा नेता अमिभात बच्चन दासले पनि समाजिक संजाल मार्फत सदभावको अपिल गरेका छन । उनले स्थानीय प्रशासनलाई शान्तिका निम्ति सर्वदलीय बैठक राखेर अगाडि बढ्न समेत सुझाव दिएका छन ।

 


पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुघ्न नेपालले पनि सामाजिक संजाल मार्फत धर्म आस्था र भावनाको कुरा हो । धर्मले मानवताको मर्मलाई बोकेको हुने सन्देश दिदै धर्मको नशाा होइन मानवताको पुजा गर्न अपिल गर्दै उनले जय श्रीराम अललाह अकवर भन्दै सबैलाई आपसमा मेलमिलाप र भाइचारा राख्न आग्ह गरेका छन ।


नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजीव मिश्रले अहिले देखिएको द्वण्द्व ब्यवस्थापनमा संचारकर्मीको भूमिका पनि हुने भन्दै संयमताका साथ रिपोटिङ गर्न पत्रकारलाई अहिल गरेका छन ।


पत्रकार बिनोद परियारले पनि समाजिक संजालमा रोतहटको इशनाथ नगरपालिकाको समस्या हल भएको उल्लेख गर्दै इशनाथमा हिन्दु मुसिल्म मिले हामीलाई मिल्न किन गा¥हो भन्दै प्रश्न गरेका छन र उनले लेखेका छन सेभ द बीरगंज ।

 

बीरगंजमा दुई धर्म सम्प्रदायकावीचमा देखिएको समस्याले सबैलाई चिन्तित बनाएको छ । अनेकतामा एकता बीरगंजको बिशेषता थियो त्यसमा कसैको नजर पो लाग्यो की भन्ने संशय सबैले ब्यक्त गरेका छन ।

 

सामाजिक संजाल मार्फत शानित सदभाव र सहिष्णुताको पक्षमा धेरैले अपिल गरेका छन । समाजमा जीवनको ब्यवहारमा हिन्दु मुस्लिम वीचमा मित्रताको कडी कमजोर भइसकेको छैन ।

 

असझदारी र समस्या आउछन त्यसबाट पार पाउने सफलता हिजोका दिनमा दुबै समुदायले प्राप्त गरेका थिए भने आउने दिनमा पनि त्यो कडी भाँच्चिने छैन । सामाजिक संजाल मार्फत भएको अपिल र आग्रहले त्यही सन्देश दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.