logo

छुट्टाछुट्टै स्थानमा भएको रक्तदानमा ५६ पोका रगत संकलन

 इसीमाना सम्वाददाता     २०८० फागुन २७ गते ०५: ५० मा प्रकाशित     460   पटक पढिएको

वीरगञ्ज । पर्साको दुई छुट्टाछुट्टै स्थानमा भएको रक्तदानमा ५६ पोका रगत संकलन भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका र पटेर्वासुगौलीमा कार्यक्रम सम्पन्न भएको हो।


रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगत अभाव भएकोले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।


पटेर्वासुगौली गाउँपालिका वडा नं.१ सोनवर्षा मा आयोजित कार्यक्रममा ४ महिलासहित १८ जनाले रक्तदान गरेका थिए ।

गादीयानी मदर्सा प्राङगणमा सहज सेवा सिप बिकास केन्द्र पटेर्वासुगौलीले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।


रगतदान जीवन दान, रगतदान महादान, सेवा नै धर्म हो भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम पटेर्वासुगौली गाउँपालिकाको सहयोग तथा वडा नं.१ कार्यालयको समन्वयमा सम्पन्न भएको हो ।


वडा नं. १ का वडा अध्यक्ष फरमान मिँया अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा सन्तोषी कुमारी, शिव ज्योती देवी, सोनम चौधरी, कान्ती चौधरी, श्रीकान्त चौधरी, रमेश राउत बरैई, रामेश्वर चौधरी, विक्रम दास, अफताव आलम गद्दी, सन्जित साह कानु, रामकुमार चौधरी, अनिल राउत थारु लगायतले रगतदान गरेको जितेन्द्र कुशवाहाले बताए ।

कार्यक्रममा रक्तसंन्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुशवाहा, श्याम साह, नवीन चौरसिया, अनिल साहले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।


यसैबिच वीरगञ्ज महानगरपालिकास्थित होटल क्लार्क रिसोर्टमा सम्पन्न कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन। कार्यक्रममा ३ जना महिलासहित ३८ जनाले रक्तदान गरेका हुन् ।


राउण्ड टेबल नेपाल पर्साले आयोजना गरेको कार्यक्रममा उनीहरुले रगतदान गरेका हुन् । रक्तदान गर्नेहरुमा सुशिला भुजेल, निशा लामा, सरिता देवी, अनिल प्रसाद कुर्मी, बिकास कुमार, दिनेश सुनार लगायतका रहेका मनिष कुमार साहले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.