logo

बीरगंज कलेजमा बिश्व मुद्रा सप्ताह,जागीर खान होइन उद्यमी बन्न अध्ययन

 इसीमाना सम्वाददाता     २०८० चैत ८ गते ०८: २८ मा प्रकाशित     569   पटक पढिएको

बीरगंज । बरिष्ट चार्टड एकाउण्टेन्ट अरविन्द खेतानले पैसा कमाउन अध्ययन संगसगै परिश्रम पनि गर्नु पर्ने बताएका छन । बीरगंज कलेजले ग्लोबल मनी (विश्व ब्यापी मुद्रा सप्ताह)को अवसरमा आयोजना गरेको सिकाई कमाई बचत बिषयक कार्यक्रममा खेतानले यस्तो बताएका हुन ।

 

उनले रुची अनुसारको अध्ययन र काम गर्दा सफलता पाउने बिचार ब्यक्त गरे । उनले आफ्नै साथीको उदहारण दिदै कम पढेको भएता पनि आफनो कामप्रति एकाग्रताका साथ लागेकोले अहिले करोडौं रुपैया कमाउन सफल भएको बताए ।

May be an image of 1 person and crowd

उनले आवश्यकताको प्रभावकारी आपूर्ती गर्दा बचत गर्न सकिने बिचार ब्यक्त गरे । कार्यक्रममा कलेजका अध्यक्ष डा. दीपेन्द्र चौधरीले जागीर खाने सोचले अध्ययन गर्नु भन्दा पनि उद्यमी बन्ने सोच राख्नु ठिक हुने सुझाब दिए ।

उनले ब्यवस्थापनमा घाटा भन्ने शब्दावली अव नरहेको चर्चा गरे । ब्यवस्थापनमा कि नाफा हुन्छ कि सिकाई हुन्छ चौधरीले भने घाटा हुदैन त्यसैले अव जागीर खाने मात्र उद्धेश्य होइन उद्यमी बन्ने उद्धेश्य लिनु पर्छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछानेले कलेजले अध्यापन संगै सिक्दै जाने कमाउदै जाने र अन्तमा कसरी बचाउने भन्ने बारेमा विद्यार्थीहरुलाई सिकाउने काम गरेकोमा आफुलाई धेरै खुशी लागेको बताए ।May be an image of 10 people, suit and text

विद्यार्थीहरुलाई ब्यावहारीक ज्ञान देखि सीप मुलक ज्ञानहरु दिने गरेकोमा बीरगंजमा बीरगंज कलेज नमुना कलेजको रुपमा स्थापित भएको बताए । उनले बैध रुपमा कमाउने र खर्चमा तिब्ययी हुने कुरामा ध्यान पुर्याउन आवश्यक रहेको बताए ।

यस वर्षको )ग्लोवल मनी )कार्यक्रममा विश्व ब्यापी मुद्रा सप्ताहको नारा ( पोरोटेक्ट योर मनी सेकुयोर योर फ्यूचर) अफनो पैसा जोगाई भविष्य सुरक्षीत पारौ भन्ने रहेको छ ।

May be an image of 6 people, suit and text

डिजीटल युगको यो अवस्थामा पैसा जोगाउन सचेत हुनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा कलेजका प्रमुख विनोद गुप्ता ,सानिमा बैंकका प्रबन्धक राजकुमार ,राष्ट्रिय सहकारी बैंकका प्रबन्धक संजय कुमार महतो,क्याम्पस प्रशासन प्रमुख सुरेश चौधरी ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पठाकोटे मगर ,जगत राई,प्रेस सेन्टर ,एनपी डेलीका मनोज पटेल ,डिके जैसवाल र सौरभ सर्राफ लगायतले आ,आफ्नो धारणा राखेका थिए । भने कार्यक्रमको सहजिकरण कृष्ण पासवानले गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.