जिल्ला अनुगमन समितिको बैठक आज सम्पन्न भएको थियो ।पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला अनुगमन समितिको बैठक सम्पन्न भएको छ ।
बैठकले बजार अनुगमन कार्ययोजना तोक्ने सम्बन्धमा र सस्तो बजार तथा बजार मेला महोत्सव आयोजना गर्ने समेत निर्णय गरेको छ ।
हिन्दुहरुको महानपर्व दसै, तिहार र छठ लगायतका चाडपर्वमा खाद्य वस्तु , जनस्वास्थ्य र औंषधीजन्य पर्दाथ , पशु र मासुजन्य पर्दाथ र होटल रेस्टुरेन्टसेवा बस्तु र सेवा प्रवाह गुणत्मक होस भन्ने कुराको सुनिश्चितता गनृकालागि अनुगमन प्रणालीलाई दुरुस्त बनाउने बैठकले निर्णय गरेको छ ।
चाडवाडको बेलामा उपभोग्य म्याद गुज्रीएका बस्तुको बिक्री बितरण बढ्ने तौलमा बेइमानी गर्ने कालोबजारी गर्ने जस्ता गलत क्रियाकलाप हुने भएकोले त्यसलाई नियन्त्रण गर्नकालागि अनुगमनलाई तिब्रता दिने निर्णय भएको छ ।
चाडपर्वको बेला उपभोक्तालाई सजिलो होस भन्दै घरेलु तथा साना उद्योग कार्यालय पर्सा र बीरगंज उद्योग बाणिज्य संघ पर्साको साझेदारीमा बजार मेला महोत्सव आयोजना र सस्तो बजार मेला आयोजना गर्ने समेत निर्णय गरिएको छ ।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ , बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बिरगंजका निमित्त कार्यालय प्रमुख जित बहादुर भन्डारी , गुणस्तर तथा नापतौल कार्यालय बीरगंजका कार्यालय प्रमुख शशि भुषण यादव , उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य धिरज शर्मा , बिरगंज नगर अध्यक्ष अजित कुमार भुजेल , जिल्ला समन्वय समितिका निमित्त प्रमुख छबीरमण भट्टराई , बीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, खाद्य प्रबिधि गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका कार्यालय प्रमुख बिक्की राउत , बीरगंज महानगर पालिकाका खाध प्रबिधि अधिकृत बिपिन कुमार दास र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शन्कर प्रसाद चौधरी लगायतकाको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया