logo

सहकर्मीको श्रीमती बलात्कार गर्ने मधेश प्रदेशका वरिष्ठ उपसचिव साह प्रहरी खोरमा

 इसीमाना सम्बाददाता      २०८१ जेठ २८ गते १७: १६ मा प्रकाशित     456   पटक पढिएको

जनकपुरधाम । सहकर्मीको श्रीमतीलाई भागवानको नामको प्रसादीमा नशालु पदार्थ मिसाएर खान दिएर बहोस बनाई बलात्कार गरेको आरोप लागेका मधेश प्रदेशका वरिष्ठ उपसचिव रुपेशकुमार साह पक्राउ परेका छन । बलात्कारको आरोपमा पक्राउ परेका साहले गएको शनिवार प्रहरी समक्ष आत्मसर्मपण गरेको स्रोतले जनाएको छ ।

सिरहाको बरियारपट्टी गाउँपालिका– ४ स्थित तेनुवापट्टीका ४८ वर्षीय रुपेशकुमार साहमाथि पीडित महिलाले जबर्जस्ती करणी सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषामा डेढ महिना अगाडि मुद्दा दर्ता गराएकी थिइन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ उपसचिव साहमाथि उनीसंगै बस्दै आएका पुरुष सहकर्मीका श्रीमतीलाई डर, त्रास र धम्की देखाउँदै पटक– पटक बलात्कार गरेको आरोप छ ।

वरिष्ठ उपसचिव साहले गत माघ १८ गते मधेश प्रदेश सरकारको कर्मचारी आवासको एउटै तल्लामा बस्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा कार्यरत अधिकृत घरमा नभएको मौका छोपी भगवानको प्रसादमै नसालु पदार्थ मिसावट गरी बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् । भगवानको प्रसाद भन्दै नसालु पदार्थ मिसावट गरी खान दिएको र त्यसपछि बेहोस अवस्थामा आफूलाई बलात्कार गरेको महिलाले दिएको जाहेरीमा लेखिएको छ ।

पीडित महिलाले गत चैत ३० गते जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरीमा आफूलाई बलात्कार गरेको उल्लेख गरेकी छन् । उनले दिएको सो मुद्दा २०८१ वैशाख ३ गते दर्ता गरिएको थियो । आरोपित वरिष्ठ उपसचिव साहले घटनाकै क्रममा भिडियो फोटोसमेत खिचेर सो सामग्री अरूलाई देखाइदिने भन्दै डर धम्कीसमेत दिने गरेको र सो सामग्रीको नाममा ब्लैकमेल गर्दै पटक– पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । मधेश भवनको परिसरमा रहेको आवासमा साह र पीडित बस्दै आएका थिए ।

जबरजस्ती करणीबाट आफू गर्भवती भएको पीडितले दिएको जाहेरीमा किटान उल्लेख गरेकी छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.