logo

विश्व वातावरण दिवसका अवसरमा ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड सम्पन्न

 इसीमाना सम्वाददाता     २०८१ जेठ २९ गते ०८: ५२ मा प्रकाशित     603   पटक पढिएको

वीरगंज । विश्व वातावरण दिवस २०२४ को अवसरमा “ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड” कार्यक्रम सम्पन्न भएको छ ।


लिभिङ् विथ इन्भायरमेन्ट (वातावरण जिउने आधार) द्वारा आयोजित सो कार्यक्रमको उद्घाटन मधेश विश्व विद्यालयका उपकुलपती डा. दिपक शाक्यले गरेका थिए । कार्यक्रम वीरगंज पब्लिक कलेजको सभाहलमा सम्पन्न भएको थियो ।


कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले प्लास्टिक, कागज र पुरानो कपडा प्रयोग गरी नयाँ लुगाहरू बनाएर आफै लगाएर प्रस्तुतगरेका थिए ।
सो कार्यक्रममा २० भन्दा बढी विद्यालयलाई सहभागिताकोलागि आमन्त्रण गरिएता पनि ३ विद्यालय मात्र सहभागि भएको आयोजकले जनाएको थियो । रोयल एकेडेमी, अल्पाइन स्कुल र सालोम स्कुलका विद्यार्थीहरु सहभागि भएका थिए ।


संस्थाले छिट्टै ‘इको च्याम्प’ नामक नयाँ परियोजना सुरु गर्ने संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानले जानकारी दिए , जसमार्फत विद्यार्थीले वातावरण र फिल्ड कामकाबारेमा थप जानकारी लिनेछन् ।

परियोजनाले विद्यार्थीको नेतृत्व क्षमता अभिवृद्धि गर्ने, विविध व्यक्तित्वसँगसम्बन्ध निर्माण गर्ने र विज्ञहरुबाट सिक्ने अवसर पाउने चौहानले बताए । संस्थाले १२ जून २०२४ देखि २५ जूनसम्म सदस्यता खोलेको जानकारी दिए ।

सदस्यका लागि कक्षा ८ देखि १२ सम्मका विद्यार्थी र स्नातक तहकाविद्यार्थीले फारम भर्न सक्नेछन् । उक्त फारम ‘लिभिङ विथ एन्वायरमेन्ट’ संस्थाको आधिकारिक फेसबुक पेजमा उपलब्ध रहेको संस्थाले जनाएको छ ।


संस्थाकी कार्यक्रम संयोजक अनामिका तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक अभियान्ता चन्चला दास, पोखरियानगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन नेपालपर्साका अध्यक्ष शम्भु कुमार सुमन, पत्रकार राधेश्याम पटेल, संस्थाका लक्की बर्नवाल, आयुष्मा सोनी, प्रार्थना शाह, सुमन ठाकुर, उज्ज्वल राउत, धिरज कुशवाहा, बिक्की सिंहलगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.