logo

बहिरा बिद्यालयलाई नमुना बिद्यालयकोरुपमा स्थापित गरिने छः महानगर प्रमुख सरावगी

      10/22/2020 गते 00 00 मा प्रकाशित     1395   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले सुस्त श्रवण भएका बिद्यार्थीहरुको अध्यापनकालागि संचालनमा आएको बहिरा बिद्यालयको एक कार्यक्रमकावीच उद्धघाटन गर्न भएको छ । 

 


पानसमा दीप प्रज्वलीत गरि उहाँले बिद्यालयको उद्धघाटन गर्नुभएको हो । कार्यक्रममा महानगर प्रमु सरावगीले बहिरा बिद्यालयलाई नमुना बिद्यालयको रुपमा स्थापित गर्न आवश्यक रहेको बताउनु भयो ।

 

उहाँले फरक क्षमता भएका वालवालिकाहरुमा भएको सीप र दक्षतालाई समाजको बिकासमा उपयोग गर्ने वतावरण बन्यो भने मात्र समाजमा सबैले आत्मसम्मानका साथ बाँच्ने अवस्था बन्ने चर्चा गर्नु भयो ।

 

उहाँले शिक्षाले नै कमजोरलाई बलवान , अज्ञानीलाई ज्ञानी, अविकासलाई बिकास असभ्य लाई सभ्य बनाउने भएकोले आजको दिनमा शिक्षाको गुणस्तरीय बिकासमा ध्यान दिनु पर्ने बिचार ब्यक्त गर्नु भयो ।

 

उहाँले बहिरा बिद्यालयलाई प्रविधियुक्त बनाउने बनाउने बताउनु भयो । अध्ययन अध्यापनकालागि आवश्यक प्रविधि र उपकरणहरुको उपलब्धता गराइने बताउनु भयो । उहाँले महानगरको तर्फबाट आर्थिक ब्यवस्थापन समेत गरिसकिएको उहाँले जानकारी दिनु भयो ।

 

उहाँले शिक्षकको समेत ब्यवस्था गरिएको जानकारी दिदै आवश्यक अन्य ब्यवस्थापनमा सहयोग गर्न महानगर तयार रहेको बताउनु भयो । 
उहाँले महानगरको ब्यवस्थापमा मुलुकमै बहिरा बिद्यालय बीरगंजमा संचालन भएको जानकारी दिदै बिद्यालयलाई राम्रो र सबैले प्रंसशा गर्न लायक बनाउनु पर्नेमा जोड दिनु भयो । 


कार्यक्रममा बीरगंज  महानगर पालिकाका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्ण, वडा न.१३ का वडा अध्यक्ष तुफान अन्सारी , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह , बहिरा संघ पर्साका सदस्य जुल्फिकार अन्सारी , नगर परिषद सदस्य राजकुमार महतो , बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई , समाजसेबी दिनानाथ रौनियार , बहिरा विद्यार्थी र अभिभावक  लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन बहिरा बिधालय व्यवस्थापन समितिका सदस्य रिताक्षेत्रीले गर्नु भएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.