logo

एनआई कलेजमा योग दिवस, दश महिला सहित ८१ जनाले गरे रक्तदान

 इसीमाना सम्वाददाता     २०८१ असार ८ गते ०७: १३ मा प्रकाशित     847   पटक पढिएको

बीरगंज । विश्व योग दिवसको अवसरमा नेशनल इन्फोटेक कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १० महिलासहित ८१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

 

कलेजका प्रबन्ध निर्देशक एवम् प्रिन्सिपल मनिष सिंहले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कलेजका लेखा निर्देशक काजल सिंह, युवा नेता सुधीर पटेल, युवा नेता महमद निजाम लगायतको पनि कार्यक्रममा उपस्थिति थियो।

No description available.

कार्यक्रममा रामकिशोर (आरके) शर्मा, सुधीर पटेल, श्याम राम, मुकेश यादव, बिकेश कुमार यादव, मुस्कान श्रेष्ठ, अस्मिता चौधरी, अंकिता यादव, कोशिकुमारी, प्रीति कुमारी, साक्षि गुप्ता, तानिया खातुन, रितिका शाह, मुक्ती नेपाल, सीता जैसवाल, रितु कर्ण, महमद अब्दुल वहिद, यवुराज पाण्डे, नाजिर हुसेन, राहुल पासवान, हैदर अली लगायतले रक्तदान गरेका थिए ।

 

 कार्यक्रममा सहभागी भएका सबै रक्तदाताहरुलाई कलेजका प्रबन्ध निर्देशक मनिष सिंह र लेखा निर्देशक काजल सिंहले प्रमाण पत्र प्रदान गरे । वीरगञ्जमा बढ्दै गएको रगतको मागलाई परिपूर्ति गर्न तथा समाजमा रक्तदानको महत्वबारे जनचेतना फैलाउन यो कार्यक्रम आयोजना गरिएको कलेजका प्रबन्ध निर्देशक सिंहले बताए ।

 

रक्तदान कार्यक्रमको आयोजनाबाट कलेजले समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको सिंहको भनाई छ । लेखा निर्देशक सिंहका अनुसार, “रक्तदान जीवनदान हो । कार्यक्रमले धेरै मानिसको जीवन बचाउन सहयोग पु¥याउनेछ ।

 May be an image of 1 person, acupuncture and hospital

रक्तदानले समाजमा भाइचारा र सहयोगको भावना फैलाउँछ । सिंहले यस्ता कार्यक्रमहरू निरन्तर आयोजना हनु पर्नेमा जोड दिए । रक्तदानले कुनै पनि धार्मिक, जातीय वा भाषिक सीमाहरूलाई पार गरेर मानवीयताको उदाहरण प्रस्तुत गर्छ उनले भने ।

कलेजका विद्यार्थी तथा शिक्षकहरू पनि कार्यक्रममा सहभागी थिए । यो कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना बढाएको युना नेता महम्मद निजामले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.