logo

बारा पर्साको बिभिन्न स्थानमा भएका कार्यक्रममा १५ महिलासहित २ सय ८ द्वारा रक्तदान

 इसीमाना सम्वाददाता     २०८१ असार १६ गते ०८: ३७ मा प्रकाशित     409   पटक पढिएको

बीरगंज । बारा पर्साको ४ छुट्टाछुट्टै स्थानमा सम्पन्न कार्यक्रमबाट २ सय ८ पोका रगत संकलन भएको छ।


छुट्टाछुट्टै सम्पन्न कार्यक्रमहरुमा १५ जना महिलासहित २ सय ८ जनाले रगतदान गरेका हुन् ।

बढ्दो गर्मीसँगै रक्तसञ्चार केन्द्रमा भएको रगत अभावलाई मध्यनजर गर्दै आकस्मिक रक्ततदान कार्यक्रम आयोजना गरेको आयोजकहरुले जनाएका छन् ।

वीरगन्जमा ११५ स्वास्थ्यकर्मीले गरे रक्तदान

बाराको बिश्रामपुर गाउँपालिकास्थित सामाजिक सेवा नामक संस्थाले आयोजना गरेको कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरुमा लक्ष्मीनारायण सर्राफ, बृजेश प्रसाद कुशवाहा, रुपेश कुशवाहा, दिपक सरार्फ, अभिनाश सर्राफ, सन्नी सर्राफ लगायतका रहेका छन् ।

यसैगरी वीरगञ्ज हेल्थ केयर हस्पिटलको आयोजनामा भएको कार्यक्रममा १ सय १५ जनाले रक्तदान गरेका छन् । स्टार युथ क्लवको सहयोगमा वीरगञ्ज–१४ बहुअरीस्थित आयोजित कार्यक्रममा ७ जना महिलासहित १ सय १५ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा खुश्बु नेशा, नजदा खातुन, राज कुमार साह, सदाम अन्सारी, समिर अन्सारी लगायतकाले रक्तदान गरेका थिए । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ स्थित वृहस्पति फाउन्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए ।

‘सक्षम समाजको निर्माण, सेवा नै हाम्रो अभियान’ को नारासहित कार्यक्रम आयोजना गरिएको थियो । माइस्थान मन्दिर प्राङगणमा भएको कार्यक्रममा ४ जना महिलासहित २९ जनाले रक्ततदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा सुजिता राउत, धिरज गुप्ता, रिसु पटेल, बिजय साह, राज सोनी लगायतका छन् । यस्तै नव जनकल्याण युवा सञ्जाल आर्दशनगर १० को आयोजना सम्पन्न कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा ४ महिलासहित ३८ जनाले रक्ततदान गरेका थिए । रक्तदान गर्नेहरुमा सिद्दीकी कार्की, आरती सिंह, संगीता कुमारी दास, अनिता दोङ, सुशिल कुमार गुप्ता, श्याम प्रसाद लाल, दिपक कुमार कार्की लगायतका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.