logo

ब्लू डायमण्डकी अध्यक्षको गम्भिर काण्ड बाहिरियो , आफनै समुदायका मान्छेको लाखौ ठगेको पीडितहरुको आरोप

 इसीमाना सम्बाददाता      २०८१ असार १७ गते १५: १७ मा प्रकाशित     431   पटक पढिएको

काठमाडौं । नील हिरा समाजकी अध्यक्ष सञ्जीव गुरुङ (पिंकी, शीतल) ले जलविद्युत कम्पनीको शेयर खरिद गर्ने भन्दै आफनै समुदायका ब्यक्तिहरुसंग लाखौ रकम उठाई अपचलन गरेको आरोप लागेको छ ।

उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यलाई शेयर किन्न भन्दै लाखौ रकम उठाएको पाइएको छ ।

विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली.को नाममा समुदायबाट लाखौँ रुपैयाँ उठाएर अपचलन गरेको गुनासो पीडितहरूले गरेका छन्।


लमजुङ घरभई काठमाडौं धापासी बस्ने गुरुङले जलविद्युत कम्पनीको सेयर भर्ने नाममा लाखौँ उठाएको पाइएको हो। २०५९ साल देखि ब्लु डाइमण्ड सोसाइटीमा फिल्ड वर्करको रूपमा काम गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यसँग ११ हजार देखि लाखौँ रुपैयाँसम्म उठाएर ठगी गरेको आरोप गुरुङमाथि लागेको छ।


ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष गुरुङले २०७४ वैशाख १८ गतेका दिन रसुवा धुन्चे, ५ मा रहेको विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली.नामको हाइड्रोपावरमा शेयर खुलेको भन्दै समुदायका सदस्यसँग नगद उठाएकी हुन्। कम्तीमा एक सय कित्ता किनेमा साँवाको ब्याज जोगिने गरी धेरै फाइदा हुन्छ भनी नगद उठाएका उनले सोधखोज गर्नेलाई आजभोलि भन्दै टार्दै आएकी छिन ।


तर, आजको मितिसम्म उक्त हाइड्रोपावर कम्पनीको शेयर नपरेको र साँवासमेत फिर्ता नपाएको पीडितहरूले बताए। पटक पटक भेटी छलफल गर्दा पिङ्की गुरुङ भन्ने सञ्जीव गुरुङ र नागरिकतामा सुदिपा गौतम भएको ट्रान्सम्यान सुदिप गौतमसमेतलाई भेटी छलफल गर्दा नागरिकताको फोटोकपी र २ प्रतिफोटो दिनुस् भनी लिएकोमा हालसम्म पनि त्यो नागरिकता र फोटोको प्रयोग दुरुपयोग के भएको छ सो समेतको जानकारी नपाएको पीडितहरूले भने,साँवा ब्याज फिर्ता गर्नुस् भन्दा आज भोलि गर्दै अल्झाएका छन्।


विवेकशील आदर्श इन्भेस्टमेन्टको शेयर उपलब्ध गराउने भनी विश्वास दिलाई रकम लिएकोमा सो नगरी झुक्क्याई दुःख हैरानी दिने नियतले धोका दिई ठगी गरेकोले कानुन बमोजिम सजाय गरी न्याय पाउन पीडितहरूले माग गरेका छन्।


यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने ब्लु डाइमण्ड सोसाइटीको अध्यक्ष पदमा रहेको व्यक्तिले भनेको ठिक साँचो होला भनी विश्वासमा पारी रकम दिएकोमा सो बमोजिमको कार्य नगरी करिब आठ वर्षसम्म रकम नदिएकोले ठगीमा परेको पीडितहरूले बताएका छन्।


उनले समुदायका सदस्यलाई आफ्नो विरुद्धमा बोले माटोमै मिलाइदिने धम्की समेत दिने गरेको गुनासो पीडितहरूले गरेका छन्। उनीहरूले अब आफूहरू प्रहरी समक्ष उजुरी गर्ने तयारीमा रहेको बताए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.