logo

रौतहटको बृन्दाबनका मेयर बिरुद्ध पक्राउ पूर्जी जारी, प्रशासन भने सुरक्षा दिदै

 इसीमाना सम्बाददाता      २०८१ असार १९ गते १६: ३३ मा प्रकाशित     421   पटक पढिएको

गौर । रौतहटको बृन्दावन नगरपालिकाका मेयर बिनोद राउत कुर्मीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

कुर्मीलाई पक्राउ गर्न रौतहट जिल्ला अदालतले आदेश जारी गरेका हो । तर उनी पक्राउ परेका छैनन । अचम्म त के छ भने उनले दैनिक नगरपालिकाको कामकाज गरिरहेका छन् ।असार १० गते सुरक्षाकर्मीको उपस्थितिमा नगरसभासमेत सम्पन्न गरेका छन् । यि परिघटनाले पक्राउ पूर्जी जारी भएर के भयो र ? भन्ने प्रश्न उठेको छ ।

वृन्दावन नगरपालिका–१ स्थित राहुल माछापन्छी तथा कृषि फर्मको गोठ, घर र बाछो घाइते हुने गरी २०८१ जेठ २७ गते साँझ आगो लगाई आपरधिक गतिविधि गरेको भन्दै वृन्दावन–४ का वडाअध्यक्ष श्यामराय यादवका छोरा मुरलीधरराय यादवले मेयर कुर्मीलगायत १४ जनाविरुद्ध जेठ ३० गते इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिएका थिए । प्रहरीले सो जाहेरी दर्ता गरी अदालतबाट असार २ गते पक्राउ पुर्जीको आदेश लिएको छ ।

 

इलाका प्रहरी गरुडाका अनुसार घटनामा मेयर कुर्मीलगायत १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।अर्को तर्फ मेयर पक्षले जेसीवी तोडफोड गरेको भन्दै वडाअध्यक्ष श्यामराय यादव, वडा २ का अध्यक्ष सिकिन्द्र पटेल, नगर प्रमुखका प्रत्यासी माओवादी नेता रामप्रसाद पटेललगायत १८ जनाविरुद्ध असार ८ गते जाहेरी दिएको थियो । इलाका प्रहरीले सो जाहेरी दर्ता गरि उनीहरुबिरुद्ध पनि पक्राउ पूर्जी लिएको छ ।


यही बीच मेयर कुर्मी र स्थानीय बीच बागमती नदीमै झगडा भएको थियो । जिल्ला प्रशासन कार्यालमा दुबै पक्षलाई बोलाई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जेठ २५ गते छलफल गराए । नदीजन्य वस्तु उत्खनन् गर्दा स्काभेटर प्रयोग नगर्ने, चक्का भएको जेसिबी प्रयोग गर्ने भन्ने सहमति भएको थियो । तर मेयर कुर्मीले बलजफ्ती स्काभेटर प्रयोग गरेको भन्दै जेठ २७ गते केही स्थानीय पुगेर तोडफोडमा उत्रे पछि घटनाले उग्र रुपले लिएको छ ।

 

त्यसैदिन साँझ वडाअध्यक्ष श्यामराय यादवको फर्ममा आगजनी भएको थियो । आगजनी घटनामा ५४ लाख ३५ हजार रुपैयाँको क्षति भएको प्रहरीको जाहेरीमा उल्लेख गरेको छ ।

जिल्ला अदालतले मेयर कुर्मीको अलवा वृन्दावन–६ का धर्मेन्द्र पटेल, हरिनारायण राउत, बैजु पटेल, शुसिल पटेल, बजरंगी पटेल, रामअशिष राउत, वडा ९ का सुरेन्द्र पटेल, शंकर पटेल, बच्चु पटेल, वडा २ सिकिन्द्र पटेल, छबिलाल पटेल, देवेन्द्र पटेल, र वडा नम्बर १ का अजय पटेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.