logo

गाउँपालिका बाट सम्पादीत सबै राम्रा नराम्रा कामको जस लिन्छुः अध्यक्ष यादव

 इसीमाना सम्वाददाता     २०८१ असार २१ गते ११: ११ मा प्रकाशित     289   पटक पढिएको

बीरगंज । सखुवा प्रसौनी गाउँपालिकामा सर्वाजनकी सुनवाई सम्पन्न भएको छ । श्री दीप नारायण आर्दश उच्च माविको प्राङ्गणमा भएको सुनवाईमा नागरिकले बिभिन्न सरोरका बिषयमा पालिका नेतृत्व समक्ष सवाल गरेका थिए ।


नागरिकले एसइई परिक्षाको परिणाम, बिकास निर्माणको काम, स्वास्थ्य सेवाको प्रभावकारीता, बिपदमा परेका नागरिकले राहत नपाएको बिषय, एम्बुलेन्स सेवाको संचालन, बिद्यार्थीकालागि ब्यवस्था गरिएको दिवा खाजाको गुणस्तरीयता,मल खाद्यको उपलब्धता , उज्यालो अभियानको प्रभावकारीता,बजेट निर्माणमा जनसहभागिता जस्ता बिषयमा आफना सवालहरु राखेका थिए ।


नागरिकको सवालको जवाफ दिदै गाएापालिका अध्यक्ष यसवन्त यादवले गाउँपालिका बाट सम्पादीत सबै राम्रा नराम्रा कामको जस आफूले लिने बताए । उनले एसइइी रिजल्टको चर्चा गर्दै आफूहरु शिक्षाको गुणस्तर बिकासकालागि सम्बेदनशिल रहेको बताए ।

उनले शिक्षाको गुणत्मक बिकास होस भनेर पालिकाले निशुल्क रुपमा प्लस टु संचालन गरेको बताए । एसइई परिणाम सखुद छैन उनले भने तर निराश हुने होइन राम्रो गर्न इमान्दार प्रयास गर्ने हो ।

उनले बिद्यालयमा “शिक्षक बिद्यार्थी नेपालीमा सम्वाद” भन्ने अभियान चलाउन समेत अपिल गरे । उनले अव प्रतिस्पर्धात्मक क्षमताबाट खारिएर शिक्षकहरु शिक्षा सेवा प्रवेश गर्दै गरेकोले अव शिक्षाको अवस्थामा सुधार हुने बताए । उनले भने केही समय लाग्ला तर अवस्था राम्रो हुन्छ ।


उनले जेष्ठ २३ गतेको हावाहुरीबाट पीडित भएका नागरिकलाई पालिकाले क्षती बिवरणको आधारमा पालिकाले दिन सक्ने राहत बैंक खाता मार्फत नगद भुक्तानी गर्ने ब्यवस्था मिलाइएको जानकारी दिए । त्यसै गरि निशुल्क रुपमा उपलब्ध गराइएको एम्बुलेन्स सदसपयोग गर्न उनले आग्रह गरे । सामान्य बिरामीलाई होइन अत्यावश्यक बिरामीकालागि एम्बुलेन्स सेवा हो भन्ने बुरा बुझिनि उनले आग्रह गरे ।


कार्यक्रममा गाँपालिकाका उपाध्यक्ष शमिला बिष्ट महतो, प्रमुख प्रशासकीय अधिकृत राजेश रौनीयार ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने ,सहयोगी नेपालका अध्यक्ष तवरेज अहमद लगायत बिभिन्न वडाका वडाध्यक्षहरुले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता वडा नं २ का वडाध्यक्ष चीरन्जीवी महतोले गरेका थिए भने कार्यक्रमको संचालन पत्रकार राजेन्द्र सिंहले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.