logo

गाउँपालिका बाट सम्पादीत सबै राम्रा नराम्रा कामको जस लिन्छुः अध्यक्ष यादव

 इसीमाना सम्वाददाता     २०८१ असार २१ गते ११: ११ मा प्रकाशित     398   पटक पढिएको

बीरगंज । सखुवा प्रसौनी गाउँपालिकामा सर्वाजनकी सुनवाई सम्पन्न भएको छ । श्री दीप नारायण आर्दश उच्च माविको प्राङ्गणमा भएको सुनवाईमा नागरिकले बिभिन्न सरोरका बिषयमा पालिका नेतृत्व समक्ष सवाल गरेका थिए ।


नागरिकले एसइई परिक्षाको परिणाम, बिकास निर्माणको काम, स्वास्थ्य सेवाको प्रभावकारीता, बिपदमा परेका नागरिकले राहत नपाएको बिषय, एम्बुलेन्स सेवाको संचालन, बिद्यार्थीकालागि ब्यवस्था गरिएको दिवा खाजाको गुणस्तरीयता,मल खाद्यको उपलब्धता , उज्यालो अभियानको प्रभावकारीता,बजेट निर्माणमा जनसहभागिता जस्ता बिषयमा आफना सवालहरु राखेका थिए ।


नागरिकको सवालको जवाफ दिदै गाएापालिका अध्यक्ष यसवन्त यादवले गाउँपालिका बाट सम्पादीत सबै राम्रा नराम्रा कामको जस आफूले लिने बताए । उनले एसइइी रिजल्टको चर्चा गर्दै आफूहरु शिक्षाको गुणस्तर बिकासकालागि सम्बेदनशिल रहेको बताए ।

उनले शिक्षाको गुणत्मक बिकास होस भनेर पालिकाले निशुल्क रुपमा प्लस टु संचालन गरेको बताए । एसइई परिणाम सखुद छैन उनले भने तर निराश हुने होइन राम्रो गर्न इमान्दार प्रयास गर्ने हो ।

उनले बिद्यालयमा “शिक्षक बिद्यार्थी नेपालीमा सम्वाद” भन्ने अभियान चलाउन समेत अपिल गरे । उनले अव प्रतिस्पर्धात्मक क्षमताबाट खारिएर शिक्षकहरु शिक्षा सेवा प्रवेश गर्दै गरेकोले अव शिक्षाको अवस्थामा सुधार हुने बताए । उनले भने केही समय लाग्ला तर अवस्था राम्रो हुन्छ ।


उनले जेष्ठ २३ गतेको हावाहुरीबाट पीडित भएका नागरिकलाई पालिकाले क्षती बिवरणको आधारमा पालिकाले दिन सक्ने राहत बैंक खाता मार्फत नगद भुक्तानी गर्ने ब्यवस्था मिलाइएको जानकारी दिए । त्यसै गरि निशुल्क रुपमा उपलब्ध गराइएको एम्बुलेन्स सदसपयोग गर्न उनले आग्रह गरे । सामान्य बिरामीलाई होइन अत्यावश्यक बिरामीकालागि एम्बुलेन्स सेवा हो भन्ने बुरा बुझिनि उनले आग्रह गरे ।


कार्यक्रममा गाँपालिकाका उपाध्यक्ष शमिला बिष्ट महतो, प्रमुख प्रशासकीय अधिकृत राजेश रौनीयार ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने ,सहयोगी नेपालका अध्यक्ष तवरेज अहमद लगायत बिभिन्न वडाका वडाध्यक्षहरुले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता वडा नं २ का वडाध्यक्ष चीरन्जीवी महतोले गरेका थिए भने कार्यक्रमको संचालन पत्रकार राजेन्द्र सिंहले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.