logo

साहित्यिक चौतारी नेपालको अध्यक्षमा गीता भण्डारी निर्वाचित 

      11/21/2020 गते 00 00 मा प्रकाशित     1031   पटक पढिएको

इसीमाना संवाददाता
वीरगन्ज, ६ मंसिर । साहित्यको बिकाश र बिस्तारको मुख्य उदेश्य लिएर अधि बडेको साहित्यिक संस्था साहित्यिक चौतारी नेपालको तेस्रो अधिवेसनले गीता भण्डारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

बरिष्ठ उपाध्यक्ष चारखोले शिशिर, उपाध्यक्ष नवीन अनुपम रावत,सरस्वती बस्नेत (सरु), महासचिव घनश्याम घायल तिवारी, सचिव देवेन्द्र खतिवडा, कोषाध्यक्ष कमला भण्डारी ढकाल, सहकोषाध्यक्ष श्याम कुमार क्षेत्री र सदस्यहरु, प्रेम खड्का, बिन्दा पराजुली , तारा घिमिरे रहुनु भएको छ । भने चौतारी प्रशिक्षकको रुपमा शंकर ढकाल रहनु भएको छ ।

बिगत ७ बर्ष पहिले सामाजिक संजाल फेसबुक मार्फत सुरुभएको यो सँस्था नेपाल सरकारको मान्यता प्राप्त संस्था हो । साहित्यको विकास र विस्तारको लागि भनेर सुरु गरिएको संस्था भएपनि आजको दिनसम्म आइपुग्दा विभिन्न रोगबाट पीडित, दुर्घटना भएका, बाढी पहिरोमा परेका, महाभुकम्पको मारमा परेकालाइ मात्रै होइन मानव सेवा आश्रमा सहित गरेर झन्डै २० लाख रुपैयाँको आर्थिक तथा सामाग्री समेत सहयोग गरेको छ ।

नेपालको हकमा ७ ओटै प्रदेश र रोजगारीको शिलशिलामा अन्य मुलुकमा कार्यरत नेपालीहरुको मनलाइ चौतारीमा बिसाउने माध्यम बनाउदै इजरायल, मलेसिया , साउदी अरब , ग्रीस, भारतमा समेत आफ्ना शाखा बिस्तार गर्न सफल यो साहित्यिक चौतारी नेपालले मलेशिया भित्र जोहोरबारु उपशखा, नेपालमा बारा जिल्ला र तेह्रथुममा इस्कुलसम्म समेत गरि १४ वटा शाखा र उपशाखामा पुग्न सकेको छ ।


नवगठित कार्यसमितिमा संरक्षक तथा प्रमुख सल्लाहकार साबित्रा लुइँटेल घिमिरे, बरिस्ठ सल्लाहकार प्रा. भिम खतिवडा, बरिष्ठ सल्लाहकार डा. देवी नेपाल र सल्लाहकार हरुमा प्रभा आचार्य भट्टराई र सन्दिप संग्रौला रहनु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.