logo

ब्लु डायमन्ड सोसाइटीका अध्यक्षको अनियमितता काण्ड, अख्तियारले थाल्यो छानबिन

 इसीमाना सम्बाददाता      २०८१ सावन ६ गते १६: २९ मा प्रकाशित     424   पटक पढिएको

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको नाममा दातृ निकायबाट प्राप्त अनुदानमा अनियमितता भएको उजुरीमाथि छानबिन सुरु भएको छ।
नील हिरा समाज ९ब्लु डायमन्ड सोसाइटी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपाल ९एफएसजीएमएन० क्रुजएड्स नेपाल, मितिनी नेपाल, क्वेयर ग्रुप, क्याम्पेन फर चेन्ज संस्थाहरूले अनुदान रकममा गरेको अनियमितताबारे छानबिन सुरु भएको हो।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी संस्थाहरूको अपारदर्शी कामको छानबिन गर्ने निर्णय गत जेठ २८ गते नै गरेको जानकारी दिएको छ। आयोगका सूचना अधिकारी देवी प्रसाद थपलियाले छानबिनको निर्णय गरेर महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा फाइल पठाइएको जानकारी दिए।


मन्त्रालयका सचिवलाई लेखी पठाउने निर्णय आयोगले गरेको थपलियाले बताए। अख्तियारबाट छानबिनका लागि फाइल प्राप्त भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले यी संस्थाहरूको अनियमितताबारे छानबिन गर्न समाज कल्याण परिषद्मा पठाउने तयारी गरेको जानकारी दिएको छ।


आफू नगर्ने र अरूले गर्न लागे विरोध गरेर भाँड्ने काममा लागिरहने ब्लु डायमन्ड सोसाइटीको नेतृत्वमाथि युएसएआडी अन्तर्गत एफएचआइ ३६० को सहयोग लिएर हर्मोन खान र यौनाङ्ग प्रत्यारोपण गर्न उक्साएको आरोप समेत लागेको छ।


पैसा हुनेले त हर्मोन खालान्, लिङ्ग परिवर्तन गर्लान्रु के उनीहरू मात्रै तेस्रो लिङ्गी हुने होरु स्वार्थका लागि गठित संस्थाहरूले यस्तो भ्रम फैलाएपछि कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जनले सामाजिक सञ्जालमा कतिपय व्यक्तिले आफ्नो शरीरमा यसको उपयोग नगर्न पनि सक्छन्१ यसको मतलब यो होइन कि उहाँ तेस्रो लिङ्गी नै होइन१ उहाँको मन आत्मादेखि त उहाँ तेस्रो लिङ्गी नै हुन्छ नि होइन ररु भनेर लेखेका थिए।


ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष सञ्जीव गुरुङ ९शीतल, पिंकी० माथि नयाँ शक्ति पार्टीमा आबद्ध हुँदा विवेकशील आर्दर्श इन्भेस्टमेन्ट कम्पनी प्रा।लि।को रसिदमा जलविद्युत आयोजनाको सेयर बिक्री रकम अपचलन गरेको समेत आरोप लागेको छ। सेयर भरेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पिंकीले रकम के भयोरु भन्दा जवाफ दिन सकेकी छैनन्। उनी सहित आरोप लागेका संस्थाका नेतृत्व समुदायले गरेका प्रश्नबाट भागिरहेका छन्।


केही मुठ्ठीभर समुदायका हर्ताकर्ता भनिएकाहरूले गर्न नसकेको पहल गर्ने समुदायलाई पक्षपात गरिएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको इल्गा एसियाले गर्न लागेको सम्मेलनमा यही स्वार्थ समूहले चाहेका मात्रै सहभागी भएका छन्। समलिङ्गी तेस्रो लिङ्गी घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अघिल्लो दिन नै आयोजना गरेको मिस पिंकमा सहभागीहरूलाई समेत अवसर नदिए पछि असन्तुष्टि छताछुल्ल भएको छ।


मिस पिंकको उपाधि अनमोल राईले पहिरिए पनि विवाद भए पछि फस्ट रनर अप सरोजी न्यौपानेलाई थाइल्यान्ड पठाउने आश्वासन दिएर थमथमाएको पाइएको छ। तर, इल्गा एसियाको सम्मेलनमा सहभागी छनौटलाई लिएर अर्को विवाद भएको छ। इल्गा बोर्डमा ब्लु डायमन्ड सोसाइटीकी कार्यकारी निर्देशक सुवेन ढकाल ९मनीषा० छन्। उनले आफू अनुकूल नाम छनौट गरेको भन्दै समुदायमा तीव्र असन्तुष्टि छ।


समुदायमाथि समुदायकै नेतृत्वले गरेको विभेद, संस्थाभित्रको अपारदर्शिता लगायतमा राज्यको नियामक निकायले छानबिन थालेको हो। छानबिनबाट सत्यतथ्य बाहिर आउने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले विश्वास व्यक्त गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.