logo

सुनचाँदी ब्यसायी संघमा गैरसदस्यहरु पनि मतदाता सूचीमा, अध्यक्ष भूलन र महासचिव अनिलले गरे चरम बदमासी

 इसीमाना सम्बाददाता      २०८१ सावन ३१ गते १७: ४० मा प्रकाशित     370   पटक पढिएको

आफैले माँग गरेको कागजपत्र नभएका ब्यक्तिहरुको सूची जो मतदाता सूचीमा नाम समावेश गरिएको छ

वीरगञ्ज । नेपाल सुनचाँदी व्यवसायी संघ पर्साले आफैले प्रकाशित गरेको सूचनाको बर्खिलाफ हुने गरि सदस्यता नविकरण गरेपछि बिवाद भएको छ ।

संघले सदस्यता नविकरणकालागि सूचना प्रकाशित गरेर पान नं. दर्ताको प्रतिलिपि, प्राईभेट फर्म दर्ताको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, पासपोर्ट साईजको फोटोसँगै आ.व.२०७९र८० को कर चुक्ताको प्रमाण पत्र माँग गरेको थियो ।


तर बर्तमान अध्यक्ष भुलन सर्राफ र महासचिव अनिल सर्राफले आफैले माँग गरेको कागजपत्र नभएका ब्यक्तिलार्य पनि सदस्यता दिएका छन ।

 

ति सदस्यहरुको बिरुद्ध निर्वाचन समितिमा दावी अन्तरर्गत उजुरी परेको छ । निर्वाच आयुक्त प्रदुम्न यादवले दुबै पक्षलाई छलफलमा सहभागि गराएर निकास खोज्ने बताए । उनले त्यतीगर्दा निकास ननस्किेमा बिधि अनुसार निर्णय लिइने बताए ।

 

आफैले जारी गरेको सूचनाको प्रतिकूल सदस्यता नविकरण गर्नाले अहिलेका अध्यक्ष र महासचिव गमिभर षडयन्त्रमा लागेको पुष्टि हुन्छ । अहिलेका अध्यक्षले संघलाई आफनो मनमौजी संचालन गरिरहेको आम आरोप छ ।

 

साधारण सदस्यले समेत भूलन सर्राफको कार्यशैलीको आलोचना गरेका छन । सर्राफको अनधिकृत र अबैधानिक कामलाई पटक पटक पर्साका प्रमुख जिल्ला अधिकारीले हस्तक्षेप गर्नु परेको छ । आफनै समितिका सचिव लक्ष्मण सर्राफको सदस्यता समाप्त गरेका भूलनले अमानवीय काम गरेको भन्दै तिब्र आलोचना भइरहेको छ ।

नेपाल सुन चाँदी ब्यवसायी संघको सदस्यता नभएको फर्मलाई राष्ट्रबैंक बाट उपलब्ध हुने सुन दिन नमिल्ने प्रावधान रहेको छ ।

 

यस्तो प्रवन्धको नाजायज फाइदा उठाउदै भुलनले आफनै समितिका सचिवको सदस्यता समाप्त गरेर पेशा छाड्न बाध्य बनाउने अमानीय काम गरेको थिए उनको त्यो कामलाई पर्साका प्रमुख जिल्ला अधिकारीले हस्तक्षेप गर्दै खारेज गरिदिएका छन ।

प्रजिअको यो कदम पछि लक्षमण र्साफ सचिवमा पूर्नबहाली भएका छन । भुलनले १५ सदस्यीत कार्यसमितिमा ८ जना बहुमत सदस्यको उपस्थितिमा निर्णय लिने गरेका छन । अन्य ७ जनालाई बैठकको खवर समेत नदिने गरेको सचिव सर्राफले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.