logo

बाल संगठनद्वारा विवाहका लागि विपन्नलाई सहयोग 

      12/10/2020 गते 00 00 मा प्रकाशित     1625   पटक पढिएको

वीरगन्ज, २५ मंसिर । नेपाल बाल संगठन पर्साले आर्थिक विपन्नताका कारण छोरीको विवाह गराउन समस्यामा परेका विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । संगठनले आर्थिक अभाबमा विवाहको उमेर पुगेका युवतीको विवाह नरोकियोस भनेर सहयोग संकलन गरेरै विवाह गराइदिने अभियान नै चलाएको छ ।

संगठनले अभियान अन्तर्गत पहिलो पटक वीरगंज वडा नं २० अपौनी घर भएका दुई परिवारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । अपौनिकी फरक सक्षम क्षमताकी अजिजि सहिना खातुनको हिजो हुन लागेको विवाहका लागि संगठनले १५ हजार रुपैयाँ उहाँको परिवारलाई उपलब्ध गराएको हो । विपन्न परिवारका पनि फरक  सक्षम क्षमता भएका युवतीको विवाहका लागि आफूहरुले सहयोग गर्ने अभियान चलाएको संगठन पर्सा संयोजक राम किशोर सिंह परागले जानकारी दिनुभयो ।

संगठनको पहलमा ग्लोबल आईएमई बैंक घडिअर्वा शाखाले सहिनाको विवाहका लागि १५ हजार रुपैयाँ उपलब्ध गराएको छ । ग्लोबल आईएमई बैंकले उपलब्ध गराएको सहयोग रकम लिएर संगठनका संयोजक सिंहसहित सदस्यद्वय हेमन्त तामाङ, राजाबाबु रौनियार युवतीको घरैमा पुगेर हस्तानतरण गरका थिए । बैंकका शाखा प्रमुख संतोष साहले सामाजिक कार्यका लागि ग्लोबल आईएमई बैंक परिवार तयार रहेको र सामाजिक उत्तरदायित्व निर्वाह गर्न सधैं अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै आउँदो पौष ५ गते हुन लागेको चंदा खानको विवाहका लागि समेत संगठनले ७ हजार रुपैयाँ उहाँको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको संगठनका सदस्य हेमन्त तामाङले जानकारी दिनुभयो । आर्थिक रुपमा कमजोर तथा फरक क्षमता भएका युवतीको विवाह पैसाकै कारण नरोकियोस भनेर आफूहरुले सहयोगको अभियान चलाएको तामाङले बताउनुभयो । विपन्न तथा फरक क्षमता भएकाहरुका लागि  समाजका हेरक सक्षम व्यक्तिले सोच्न सके मात्र समाज रुपान्तरण हुने संयोजक सिंहले बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.