logo

सीमा नाका खुला गर्न होटल तथा पर्यटन व्यवसायीको माग 

      12/10/2020 गते 00 00 मा प्रकाशित     1033   पटक पढिएको

वीरगन्ज, २५ मंसिर । कोरोना महामारीको संकटमा बन्द गरिएको सीमानाका खुला गर्न होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साले माग गरेको छ । संघका अध्यक्ष हरि पन्तले बिहीकार एक विज्ञप्ति जारी गरेर विगत  नौ महिना देखि  नेपाल सरकारले  सीमा नाका बन्दले   होटल तथा  पर्यटन क्षेत्र तहस नहस भएको भन्दै नाका खुला गर्न माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ , “विगत नौ महिनादेखि सीमानाका बन्द गर्न गरेको सरकारको अदूरदर्शी निर्णयले होटल जबसम्म सीमा सुचारु हुन्न तब सम्म कोरोना ले थालिएको होटल र पर्यटन व्यवसाय कुनै पनि हालत मा माथि नउठ्ने  हालको सीमा बन्द रहँदाको स्थिति ले प्रस्ट भइसकेको छ ।

हाल आएर अन्य क्षेत्र खुलिसकेको र त्रिभुवन विमानस्थल समेत सुचारु भइसकेको अवस्थामा बोर्डर मात्र बन्द राखिराख्नुको कुनै औचित्य नभएकोले होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज नेपाल सरकार संघ आवश्यक  स्वास्थ्य प्रोटोकल अपनाई यथाशीघ्र बोर्डर सुचारु गर्न  जोडदार माग गर्दै ७ दिनभित्र बोर्डर खोल्न अपील गर्दछ ।”

संघले गरेको आग्रहलाई सरकारले सम्बोधन नगरे आन्दोलनमा जाने समेत विज्ञप्तिमा जनाएको छ । “बारम्बार अनुरोध गर्दा पनि सरकारले कुनै सुनवाई नगरेकोले फेरी पनि पूर्ववत  रवैया देखाएमा वीरगञ्जका सम्पूर्ण होटल तथा पर्यटन व्यवसायीहरु सीमामा अनसन बस्ने जानकारी यसै विज्ञप्ति  मार्फत दिएका छौं ।साथै यसको लागि सम्पूर्ण समुदाय र  क्षेत्रको साथ र सहयोग को  पनि अपेक्षा गर्दछौं ।” विज्ञप्तिमा उल्लेख छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.