logo

बाराका पत्रकार लम्साल सम्मानित

      12/12/2020 गते 00 00 मा प्रकाशित     1576   पटक पढिएको

बाराका क्रियाशील पत्रकार प्रकाश लम्साललाई पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको जनहित उपभोक्ता समितिले शनिबार सम्मान गरेको छ । बाराबाट राष्ट्रिय संचार माध्यम ईमेज च्यानल तथा कारोबार दैनिकका संबाददाता लम्साललाई समितिको १४ औ साधारण सभामा वन, बन्यजन्तु, बाताबरण तथा पर्या पर्यटनको बारेमा राष्ट्रिय संचार माध्यमबाट योगदान गरेको भन्दै सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका प्रदेश नम्बर २ का सचेतक सुन्दर बिश्कर्माले लम्साललाई दोसल्ला ओडाई सम्मानपत्र र नगद सहित सम्मान गरे ।  लम्सालले रिपोर्टिङ गरेको पथलैया अमलेखगंज सडक खण्ड यात्रु र बन्यजन्तुको लागी मृत्यु मार्ग भएको समाचार तथ्यगत रुपमा  प्रशारण भएपछि बन्यजन्तु र मानब दुबैको ज्यान जाने समाचारकै कारण बन्यजन्तु जोगाउन अन्डरपास पुल बनाउन दबाब बनेको थियो ।

सम्मानपछि आफ्नो भनाई राख्दै लम्सालले पर्या पर्यटन देखी बन बन्यजन्तुका सुरक्षा, बासस्थान लगायतका बारेमा समाचार लेख्न सबै पत्रकार क्रियाशील रहेकै कारण पछिल्लो समय प्रगति देखीदै गरेको बताए । कार्यक्रमका सभाअध्यक्ष अमृतलाल श्रेष्ठले पत्रकारिताको सशक्त आवाजले वन जंगल जोगाउन र बन्य जन्तुको संरक्षणमा ठूलो सहयोग पुग्ने भएकोले यस क्षेत्रमा कलम चलाउने पत्रकारको सम्मान समितिले गर्ने गरेको बताए ।

उनले समितिको वर्तमान र भावी योजनाका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । वन जोगाउँदा प्राप्त हुने लाभांशको प्रत्यक्ष सहभागितामा आयआर्जनका लघु उद्यममा सदस्य केन्द्रित गरिने बताए । कार्यक्रममा जनप्रतिनिधि लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.