logo

बालअधिकार उल्लंघन नगर्न प्रधानाध्यापकहरुलाई मानव अधिकार समाजको चेतावनी

 इसीमाना सम्बाददाता      २०८१ भदौ १४ गते १७: ५९ मा प्रकाशित     410   पटक पढिएको

फाइल फोटो

बीरगंज । स्वतन्त्र मानव अधिकार समाज बीरगंजले बिद्यालयहरुमा अनुगमन गरेको छ । बीरगंजका केही बिद्यालयमा बिद्यार्थीहरुको दीवा खाजा नखुवाइएको सूचना पाएपछि समाजले अनुगमन गरेको अध्यक्ष कृष्ण खनालले जनाए ।


राज्यले बिद्यार्थीकालागि खाजा बापत दैनीक १५ रुपैया उपलब्ध गराउदै आएको छ । पोषणयुक्त खाजाको ब्यवस्थापन गर्नु पर्ने जिम्मा बिद्यालय प्रशासनको हातम छ तर बिद्यार्थीले खाजा नपाउनु वालअधिकारको गम्भिर उलंल्घन हो । बालअधिकार हनन गर्ने प्रधानाध्यापकलाई कारवाही गर्नु पर्ने अध्यक्ष खनालको भनाई छ ।


नेपालको सम्बिधानको मौलीक हक अन्तरगत धारा ३९ मा वालवालिकाको हक सुनिश्चित गरिएको छ । बालवालिकालाई परिवार वा राज्यबाट शिक्षा स्वास्थ्य पालन पोषण उचित स्यहार सुसार खेलकुद मनोरञ्जन तथा सर्वाङ्गिण बिकासको हक हुनेछ दफा २ मा उल्लेख छ ।

 

दिवा खाजा राज्यले उपलब्ध गराएको हो । राज्यको प्रतिनिधिको रुपमा बिद्यालय प्रशासनले दीवा खाजाको ब्यवस्थापन गर्नु पर्नेमा त्यसो नगरिएको पाइएको समाजका अध्यक्ष खनालले बताए ।


बीरगंजको पन्नालाल माध्यामिक बिद्यालय , र नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय नगवाले यो आर्थिक वर्षको शुरुबाटै दीवा खाजा बिद्यार्थीलाई दिएका छैनन ।

 

दीवा खाजा पाउनु बिद्यार्थीको आधारभूत अधिकार उल्लंघन हु्दा समेत नियामक निकाय मौन हुनु झन गम्भिर प्रकारको मानव अधिकारको उल्लंघन हो ।

 

नेपाल रेल्वे मा.वि. भदौको ९ गते देखी ताराचन्द किशनलाल आधारभूत बिद्यालयले भदौ ९ गते देखी नै खाजा दिएका छैनन । बिद्यालयले १२ गते बिस्कुट खाजाको रुपमा बितरण गरेको छ । बिस्कुट बिद्यार्थीलाई दिइने खाजा सूचीमा नरहेको बताइएको छ ।


समाजले बिद्यालयलाई बिद्यार्थीको आधारभूत अधिकार प्रत्याभूत गराउन अपिल गरेको छ । बालअधिकारको सम्मान गर्न उनीहरुको हकमा कुनै पनि प्रकारको दोहन नगर्न समेत समाजले चेतावनी दिएको छ ।

 

समाजको अनुगमनमा समाजका उपाध्यक्ष नन्द किशोर यादव महासचिव दीपक साह कानु ,सचिव आशीष मिश्र कोषाध्यक्ष उर्मिला कुशवाहा राम भरोश यादव सोनालाल गुप्ता लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.